२०८३, आश्विन २४ गते

Oct 10 2026

images
images

लुम्बिनीबाट एनपीएल खेल्न नेपाल आइपुगे उन्मुक्त चन्द

लुम्बिनीबाट एनपीएल खेल्न नेपाल आइपुगे उन्मुक्त चन्द

लुम्बिनीबाट एनपीएल खेल्न नेपाल आइपुगे उन्मुक्त चन्द

लुम्बिनीबाट एनपीएल खेल्न नेपाल आइपुगे उन्मुक्त चन्द

लुम्बिनीबाट एनपीएल खेल्न नेपाल आइपुगे उन्मुक्त चन्द
लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
बुधवार, मंसिर १९ २०८१
बुधवार, मंसिर १९ २०८१
  • बुटवल । पूर्वभारतीय यू–१९ कप्तान उन्मुक्त चन्द नेपाल आइपुगेका छन् । चन्द लुम्बिनी लायन्सबाट नेपाल प्रिमियर लिग (एनपीएल) खेल्न नेपाल आइपुगेका हुन् । चन्दको आगमनले लुम्बिनी लायन्सलाई उल्लेखनीय रूपमा बलियो बनाउने विश्वास क्लबले लिएको छ । 

    उन्मुक्त चन्दले भारतलाई कप्तानको रुपमा सन् २०१२ मा यु –१९ विश्वकप जिताएका थिए । उक्त फाइनल खेलमा उनले शतक समेत प्रहार गरेर ऐतिहासिक जित दिलाएका थिए । 

    उनले दिल्ली डेयरडेभिल्स र मुम्बई  इन्डियन्सजस्ता ठूला फ्रेन्चाइजहरूका लागि आईपीएलमा प्रतिस्पर्धा गरिसकेका छन् । हाल अमेरिकाको मेजर लिग क्रिकेटमा पनि उनले उत्कृष्ट प्रदर्शन गर्दै आएका छन् । 

    उन्मुक्त चन्दले ६७ फर्स्ट क्लास खेलहरूमा तीन हजार ३७९ रन बनाएका छन् । जसमा उनको ८ शतक पनि समावेश रहेका छन् । साथै लिस्ट एक्रिकेटमा उनले चार हजार ५०५ रन बनाएका छन् । यसमा ७ शतक समेत समावेश छन् । टी–२० मा पनि उनको कीर्तिमान प्रभावशाली छ, जहाँ उनले ८४ खेलमा १५६५ रन बनाएका छन् । 

    लुम्बिनी लायन्सको मार्की प्लेयरमा नेपाली राष्ट्रिय टोलीका कप्तान रोहितकुमार पौडेल रहेका छन् । प्रमुख प्रशिक्षकमा नन्दन फदनिस छन् । लुम्बिनी लायन्सले आफ्नो पहिलो खेल मंसिर १९ गते विराटनगर किंग्सविरुद्ध खेल्नेछ । चन्दजस्ता स्टार खेलाडीको आगमनले लिगको स्तरलाई अझ उचाइमा पुर्याउने विश्वास लुम्बिनी लायन्सको छ ।

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij