२०८३, आश्विन २४ गते

Oct 10 2026

images
images

अर्थतन्त्र सुध्रिदै गएको छ : अर्थमन्त्री पौडेल

अर्थतन्त्र सुध्रिदै गएको छ : अर्थमन्त्री पौडेल

अर्थतन्त्र सुध्रिदै गएको छ : अर्थमन्त्री पौडेल

अर्थतन्त्र सुध्रिदै गएको छ : अर्थमन्त्री पौडेल

अर्थतन्त्र सुध्रिदै गएको छ : अर्थमन्त्री पौडेल
पत्रकारितामा क्रियाशिल विगत १३ वर्षदेखि रूपन्देहीलाइ कार्यक्षेत्र बनाइ अर्थ, सुरक्षा, खेल र समसमायिक तथा खोजमूलक विषयमा कलम चलाउँछन् ।
शुक्रवार, मंसिर २१ २०८१
शुक्रवार, मंसिर २१ २०८१
  • भैरहवा  । उप–प्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले अहिले मुलुकको अर्थतन्त्रको अवस्था सुध्र्रिंदै गएको बताएका छन् । सिद्धार्थ उद्योग वाणिज्य संघको आयोजनामा भैरहवामा सुरु नवौँ लुम्बिनी राष्ट्रिय महोत्सव २०८१ को समुद्घाटन गर्दै मन्त्री पौडेलले यो सरकारले अर्थतन्त्रका सबै समस्याको समाधान गरेर अर्थतन्त्रलाई चलायमान बनाउने बताए । उनले  उद्योगी व्यवसायीको मनोबल बढाउँदै आत्मविश्वासका साथ राष्ट्र निर्माणमा अगाडि बढ्न अनुकुल आधार निर्माण गर्ने बताए ।

     
    ‘जस्तो परिस्थितिमा सरकारको जिम्मेवारी लिएका थियौ, आर्थिक, सामाजिक, साँस्कृतिक  अनेक रुपमा समस्याको चाङ थियो, सरकार बनेपछि जनतामा आशा विश्वास बढेकोले नै समस्या समाधान हँुदैछन्,’ उनले भने–‘हामीले छलफल गरेर अर्थतन्त्रमा सुधार ल्याउन  प्रभावकारी योजना बनाई आवश्यक परे दु्रत मार्गबाट कानुन निर्माण र संशोधन गरेर आवश्यक निर्णय लिने छौं ।’


    उनले लगानी, व्यवसाय र उद्योगका लागि अनुकुल वातावरण निर्माण गर्नेगरी सरकार उत्साह र आत्मविश्वासका साथ अगाडि बढेको बताए । उनले निजी क्षेत्रलाई उत्साहका साथ अगाडि पनि बढ्न आग्रह गरे । सरकार संरक्षक भएर समस्याको समाधान गर्न अभिभावकीय भूमिकामा प्रस्तुत हुने बताए । 


    उनले गौतमबुद्ध विमानस्थलको बारेमा आशंका र अफवाहबाट प्रभावित हुन नहुने बताउँदै यो रुपन्देही र लुम्बिनीको मात्रै योजना नभई राष्ट्रको गौरबको आयोजना भएकोले पूर्ण क्षमताको विमानस्थल बनाउन थप आवश्यक पूर्वाधार निर्माण गर्ने बताए । ‘एकाध समस्या आए पनि त्यसलाई समाधान गर्दै अगाडि बढ्दैछौं, विमानस्थलबारे सरकारले गरेका निर्णयहरु क्रमशः कार्यान्वयन हुँदैछन्,’ उनले भने–‘निजी क्षेत्रले गर्ने कामहरु गर्नुपर्छ । विमानस्थल राम्रोसँग चल्छ । कसरी चल्छ, हामी देखाउँछौं ।’

    मन्त्री पौडेलले भैरहवालाई समुन्नत र आधुनिक शहरका रुपमा विकास गरिने धारणा राखे । उनले निर्माणधीन आयोजना देखाउँदै निराशा छर्ने काम भएको गुनासो गरे । बुटवल–नारायणगढ सडकमा केही समस्या देखिए पनि त्यसको समाधानको लागि सम्बन्धित देशसँग समन्वय गरिरहेको उनको भनाइ थियो ।


    भैरहवास्थित अञ्चलपुरमा सुरु भएको महोत्सव आगामी पुस १ गतेसम्म चल्ने छ । स्थानीय उत्पादनको बजारीकरण र प्रवद्र्धन, सुस्त रहेको आर्थिक क्षेत्रलाई चलायमान बनाउने पर्यटन क्षेत्रको प्रचारप्रसारमा मद्दत गर्ने उद्देश्यसहित संघले महोत्सव आयोजना गरेको हो ।

    कार्यक्रममा लुम्बिनी प्रदेशसभा सदस्य सन्तोषकुमार पाण्डेयले जबसम्म कर्मचारी र नेता आर्थिक रुपमा सम्पन्न हुन चाहन्छन् तबसम्म राष्ट्र आर्थिक रुपमा सबल नहुने बताए । ‘नेपाल पर्यटनकैलागि बनेको बताउँदै हामीसँग भएको प्राकृतिक सम्पदा, गौतमबुद्धको जन्मस्थल जस्ता बनाउन नसकिने पर्यटकीय गन्तव्यहरु भएकोले सहज रुपमा पर्यटक आउने वातावरण बनाउनु पर्छ ।’–उनले भने । 

    ‘पर्यटकलाई दुःख दिएर हुँदैन । पर्यटकका लागि हामी आफँै बाधक भएकोले त्यसलाई सुधार गर्न आवश्यक छ,’ उनले भने –‘बुद्धको माध्यमले आर्थिक समृद्धि ल्याउँछौं भनेर सबैले अभियान चलाई पर्यटकलाई सहज रुपमा भित्र्याउनु पर्छ ।’
    सिद्धार्थनगर नगरपालिकाका प्रमुख इश्तियाक अहमद खाँले मगन्ते सोच परिवर्तन गर्नुपर्ने भन्दै बिजुली निर्यात नगरी व्यापार घाटा कम गर्न सकिने बताए । उनले प्रकृतिले भरिपूर्ण देशभए पनि विकासको स्पष्ट योजना नै नभएकोले मगन्ते सोचबाट टाढा रही योजनासहित देश विकास हुने बताए । 


     ‘आर्थिक गतिविधि धेरै हुँदा समग्र अर्थतन्त्रलाई फाइदा गर्छ’, उनले भने–‘यसका लागि यस्ता महोत्सव कोशेढुंगा सावित हुनसक्छन् ।’ उनले नगरपालिकाले सबै क्षेत्रको एकीकृत विकास गरिरहेको जनाए ।

    नेपाल उद्योग वाणिज्य महासंघ लुम्बिनी प्रदेशका अध्यक्ष कृष्णप्रसाद शर्माले आयआर्जन गर्ने उद्देश्यले भन्दा सबैलाई एकिकृत गर्ने योजनाले यस्तो मेला आयोजना हुने हँुदा यसलाई सबैको मेलाको रुपमा लिनु पर्ने बताए । अहिलेको अवस्था उद्योगी–व्यवसायी मैत्री नभएको भन्दै सरकारले निराशालाई आशामा बदल्न नसकेको बताए । ‘अहिले उद्योग–व्यवसाय धमाधम बन्द भइरहेका छन् । यसलाई उकास्न जरुरी छ’, उनले भने–‘सरकारले सहुलियत दिएर वा अन्य उपाय खोज्न जरुरी देखिन्छ ।’

    संघका अध्यक्ष एवं महोत्सव मूल आयोजक समितिका संयोजक ठाकुरकुमार श्रेष्ठले अहिलेको विषम् परिस्थितिमा निराशालाई आशामा बदल्ने प्रयास गरिएको जनाए । सबै उत्पादनको एकैथलोमा प्रदर्शन हुने भएकाले सिथिल अर्थतन्त्रलाई चलायमान बनाउने उनले बताए । उनले मेलामा आएर नयाँ उद्यम गर्न चाहनेले उद्यमशीलता बन्ने उपाय र योजना सिक्न सक्ने जनाए । उनले व्यापार गरिरहेकाहरुका लागि यो मेला शिक्षा हुने र जो व्यापार गरेर स्थापित भएका छन्, उनीहरुका लागि यो अध्ययन हुने बताए ।

    गौतबुद्ध विमानस्थललाई पूर्णक्षमतामा चलाउनु पर्ने, भिषा, म्यानपावर, श्रमस्वीकति, नोअब्जेक्सन लेटर, स्वास्थ्य परीक्षण संस्थालगायत तत्काल खोल्न उनले आग्रह गरे । यस्तै, भारतीय पर्यटकले कम्तिमा ५ हजार डलर बोकेर नेपाल आउन पाउनुपर्ने, भैरहवामा नेपाल पर्यटक बोर्डको कार्यालय खोल्नुपर्ने, सेजमा देखिएका समस्या समाधान गर्नुपर्ने, ट्रंकलाइनको समस्या समाधान गरी पीडित उद्योगीलाई सहयोग गर्नुपर्ने, आइसीपीलाई रेल्वे कनेक्सनसम्म जोड्नुपर्ने, भैरहवाबाट सुर्खेत, नेपालगंज, विराटनगर, जनकपुर धनगढीलगायतमा आन्तरिक हवाई उडान सञ्चालन गर्नुपर्ने, बेलहिया नाकामा पर्यटकलाई सहजरुपमा आगमनको व्यवस्था गर्नुपर्ने बताउँदै उनले भैरहवाबाट बौद्धिष्ट मुलुकमा हवाई उडान गर्नुपर्नेलगायतका माग सरकारसँग राखे ।

    ‘पर्यटन, उद्योग, कृषि र व्यापार, राष्ट्रिय समृद्धिको आधार’ भन्ने मूल नाराका साथ आयोजित महोत्सव उद्घाटन अघि करिब ३ सय संघसंस्थाका प्रतिनिधिको सहभागितामा भैरहवाको देवकोटाचोकदेखि बाजागाजासहित विभिन्न जातजातिको सांस्कृतिका झाँकीसहित ¥याली निकालिएको थियो । 

     

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij