२०८३, आश्विन २५ गते

Oct 11 2026

images
images

लीलाराममा शिक्षक तथा कर्मचारी स्तरीय ब्याडमिन्टन प्रतियोगिता

लीलाराममा शिक्षक तथा कर्मचारी स्तरीय ब्याडमिन्टन प्रतियोगिता

लीलाराममा शिक्षक तथा कर्मचारी स्तरीय ब्याडमिन्टन प्रतियोगिता

लीलाराममा शिक्षक तथा कर्मचारी स्तरीय ब्याडमिन्टन प्रतियोगिता

लीलाराममा शिक्षक तथा कर्मचारी स्तरीय ब्याडमिन्टन प्रतियोगिता
लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
शुक्रवार, मंसिर २१ २०८१
शुक्रवार, मंसिर २१ २०८१
  • भैरहवा ।  श्री रुपन्देही लीलाराम न्यौपाने मा.वि ले ६९औं वार्षिकोत्सव तथा अभिभावक दिवसको अवसरमा शिक्षक तथा कर्मचारी स्तरीय ब्याडमिन्टन प्रतियोगिता २०८१ को आयोजना गरेको छ ।

    विद्यालयले नगरमै पहिलो पटक सिद्धार्थनगर नगरपालिका भित्र सामुदायिक विद्यालयमा कार्यरत शिक्षक र कर्मचारी विचको मैत्री भावनासँगै सम्बन्ध प्रगाढ बनाउदै र खेलकुदमा शिक्षकको सहभागिता रहोस भन्ने उद्धेश्यकले खेलको आयोजना गरिएको विद्यालयका प्राचार्य रुपकुमार रायमाझीले बताए । उनले यो खेलको माध्यमबाट सहयोगको भावना तथा भातृत्वको भावना बिकास हुने अपेक्षा समेत रहेको बताए । 

    सधै अध्यापनमात्रै गराउनु भन्दा स्वास्थ्यका लागि खेलकुद भन्ने अभिप्रायले मनोरञ्जन सहितको पुर्नताजगीका लागि नगर भित्रका शिक्षक र कर्मचारी बीच यो प्रतियोगिता आयोजना गरिएको हो । दुई दिन हुने प्रतियोगितामा सिद्धार्थनगर नगरपालिका भित्रका १० सामुदायिक विद्यालयमा कार्यररत ४५ जना शिक्षक र कर्मचारीहरु सहभागी भएको विद्यालयका अतिरिक्त क्रियाकलाप समिति संयोजक भोजराज पौड्यालले जानकारी दिए । 

    प्रतियोगिताको उद्घाटन गर्दै सिद्धार्थनगर नगरपालिकाको उप–प्रमुख उमा अधिकारीले यस किसीमको प्रतियोगिता हरेक विद्यालयहरुले गर्नुपर्ने बताईन । विद्यार्थीहरु बीच प्राय भइरहने यस्तो प्रतियोगिता शिक्षकहरुबीच गर्दा एक अर्का विद्यालय विचको सामिप्यता बढ्ने बताइन । 

    प्रतियोगिता एकल महिला, एकल पुरुष, जोडी महिला, जोडी पुरुष र जोडी संयुक्त गरि पाच विधामा खेलाइएको छ । प्रतियोगिता मंसिर २२ गते शनिबार समापन हुनेछ  ।

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij