गाैरीशंकर जयसवाल/ परासी । अस्पतालका सम्पुर्ण स्वास्थ्यकर्मिहरुलाई एक दिने एम एम डि पी एकाई सन्चालन तथा ब्यवस्थापन सम्बन्धित अभिमुखिकरण कार्यक्रम गरिएकाे छ ।
पृथ्वी चन्द्र अस्पताल नवलपरासी (बसुप)को आयोजना तथा इन्द्रेणी सामाजिक बिकास मन्च र फेयरमेड फाउन्डेसन ,नेपालको साझेदारीमा संचालित आधारभुत स्वास्थ्य परियोजनाको आर्थिक तथा प्राविधिक सहयोगमास्वास्थ्यकर्मिहरुलाई एक दिने एम एम डि पी एकाई सन्चालन तथा ब्यवस्थापन सम्बन्धित अभिमुखिकरण कार्यक्रम गरिएकाे हाे ।
अस्पतालका निमित्त मे .सु डाक्टर किरण पाण्डेको अध्यक्षतामा आयोजित उक्त कार्यक्रममा फेयरमेड फाउन्डेसन ,नेपाल लुम्बिनी प्रदेश परियोजना सयोजक तथा टिम लिडर श्री शशिलाल कर्ण ज्युको सहजीकरण गरेका थिए ।
उक्त कार्यक्रममा सहभागी स्वास्थ्यकर्मिहरुले नजिक बाट उपेक्षित उष्ण प्रदेशिय रोगहरुको बारेमा बुझ्न पाएकोमा आधारभुत स्वास्थ्य परियोजनालाई विशेष धन्यवाद प्रकट गरे ।
डाक्टर किरण पाण्डेले इन्द्रेणी सामाजिक बिकास मन्चबाट पृथ्वी चन्द्र अस्पताललाई विशेष सहयोग गर्नु भएकोमा हार्दिक कृतज्ञता गरेका थिए ।
अभिमुखिकरण कार्यक्रममा सहभागीले जिल्लाभित्रका हातिपाईले तथा कुष्ठरोग प्रभावितहरुको तथ्याक उक्त एम एम डि पि एकाईमा राख्नु पर्ने , तथा जिल्लाका सात पालिकामा उक्त सेवा रहेको कुरा ब्यापक रुपमा फैलाउनु पर्ने , विभिन्न स्थानमा होडिङ बाेर्ड राखेर सुचना जनसमुदाय सम्म फैलाउनु पर्ने जस्ता जस्ता सुझावहरु दिएका थिए ।
पृथ्वी चन्द्र अस्पतालमा रहेको एम एम डि पि एकाईको गत जेष्ठ महिनाको ३१ गते कुष्ठरोग नियन्त्रण तथा अपांगता व्यवस्थापन शाखाबाट अनुगमन समेत भएको र उक्त एकाईमा हुनु पर्ने सबै मापदण्ड पुरा रहेको समेत शाखाले जनाएको छ ।




