२०८३, आश्विन २५ गते

Oct 11 2026

images
images

रवि लामिछानेलाई प्रहरीले पर्सा पुर्‍यायाे

रवि लामिछानेलाई प्रहरीले पर्सा पुर्‍यायाे

रवि लामिछानेलाई प्रहरीले पर्सा पुर्‍यायाे

रवि लामिछानेलाई प्रहरीले पर्सा पुर्‍यायाे

रवि लामिछानेलाई प्रहरीले पर्सा पुर्‍यायाे
लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
सोमवार, मंसिर २४ २०८१
सोमवार, मंसिर २४ २०८१
  • बुटवल । थुनामा रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई प्रहरीले पोखराबाट विरगञ्ज पुर्‍याएको छ । सानोपाइला बचत तथा ऋण सहकारीका बचतकर्ताको रकम हिनामिना गरेको आरोपमा पर्साबाट पक्राउ पूर्जी जारी भएकाले लामिछानेलाई आज पर्साको विरगञ्ज पुर्‍याइएको प्रहरीले जनाएको छ ।

    लामिछानेलाई पोखराबाट जहाजमा काठमाडौं हुँदै सिमरा र त्यहाँबाट गाडीमा वीरगन्ज लगिएको प्रहरीले जानकारी दिएको छ । लामिछानेसँगै गोर्खा मिडिया नेटवर्कका अर्का सञ्चालक पूर्वडीआईजी छविलाल जोशीलाई भने पोखराबाटै सडकमार्ग हुँदै वीरगन्ज पुर्‍याइएको प्रहरीले जनाएको छ ।

    गएको कात्तिक २ गते काठमाण्डौबाट पक्राउ परेका लामिछानेलाई प्रहरीले चितवन र रुपन्देहीसमेत लगेर बयान लिइसकेको छ । हिजो जिल्ला अदालत कास्कीले लामिछानेलाई थप चार दिन थुनामै राखेर अनुसन्धान गर्न छैटौं पटक म्याद थप गरेको छ ।

    लामिछानेलाई गैरकानूनी हिरासतमा राखेको, रातिको १२ बजे चितवनबाट पोखरा पुर्‍याएको, आफन्त भेट गर्न नदिएको, बिरामी हुँदा अस्पताल जान नदिएको लगायतका अमानवीय व्यवहार भएको भन्दै राष्ट्रिय स्वतन्त्र पार्टीले राष्ट्रिय मानवअधिकार आयोगमा उजुरी पनि दिएको छ ।  

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij