२०८३, आश्विन २४ गते

Oct 10 2026

images
images

पृथ्वीचन्द्र अस्पतालमा दरबन्दी अनुसारको डाक्टर पठाउन ६ राजनीतिक दलहरुको माग

पृथ्वीचन्द्र अस्पतालमा दरबन्दी अनुसारको डाक्टर पठाउन ६ राजनीतिक दलहरुको माग

पृथ्वीचन्द्र अस्पतालमा दरबन्दी अनुसारको डाक्टर पठाउन ६ राजनीतिक दलहरुको माग

पृथ्वीचन्द्र अस्पतालमा दरबन्दी अनुसारको डाक्टर पठाउन ६ राजनीतिक दलहरुको माग

पृथ्वीचन्द्र अस्पतालमा दरबन्दी अनुसारको डाक्टर पठाउन ६ राजनीतिक दलहरुको माग
लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
जयसवाल परासीमा रहेर पत्रकारितामा क्रियाशील रहेका छन् ।
बुधवार, मंसिर २६ २०८१
बुधवार, मंसिर २६ २०८१
  • परासी  । पश्चिम नवलपरासीका राजनीतिक  दलहरुले पृथ्वीचन्द्र अस्पतालमा देखीएको बेथितलाई सुधार गर्नुपर्नेमा माग गरेका छन । जिल्लाका ६ राजनितीक दलहरुले पृथ्वीचन्द्र अस्पतालमा देखीएको बेथितलाई सुधार गर्नुपर्नेमा माग गरेका हुन । उनीहरुले परासीमा पत्रकार सम्मेलन गरी अस्पतालमा  दरबन्दी अनुसार ११ आँै तहका बिशेषज्ञ चिकित्सक व्यस्था गर्न समेत माग गरेका छन् । 

    पछिल्लो समयमा अस्पतालमा मेसु बन्नका लागि होडबासी भएको र पटक पटक मेसुको सरुवा हुने तथा डाक्टरहरु मेसु बन्ने होडबाजीले गर्दा अस्तपाल अस्तव्यस्त बनेको जनता समाजबादी पार्टी नेपालका जिल्ला अध्यक्ष धरेन्द्र यादवले बताए । 

    मेसुको कारणले गर्दा अस्पतालमा सेवाहरुमा लापरवाही भैरहेको आरोप लगाए । उनले भने दरबन्दी अनुसारको बिशेषज्ञ चिकित्सकको माग गरे । माओबादी केन्द्रका प्रदेश सदस्य बुद्धन अलीले अस्पतालमा बिशेषज्ञ डाक्टरको व्यस्थापन उनीहरुको टिकाउपन र गुणस्तरीय स्वास्थ्य सेवा कमी रहेको बताए । 


    तत्काल अनुभवी मेसुको व्यस्थापन गर्न प्रदेश सरकारसंग माग गरे । नेपाल समाजबादी पार्टी (नयाँ शक्ति)कार्यबहाक अध्यक्ष चन्द्रभुषण पाठकले अस्पतालमा मेसु बन्ने होडबाजिले अस्पतालको स्वास्थ्यहरु सेवा प्रभावित भएको बताए । 

    लोसपाका जिल्ला अध्यक्ष मुकुरजी गिरीले अस्पताल जस्तो सबेदनशील  ठाउँमा राजनीतिकरण गरेर जतनतालाई स्वास्थ्य सेवाबाट बन्चित हुनुपरेको बताए । उनले अस्पतालमा जोकोही राजननिती नगर्ने अग्रह गदै अस्पतालमा गुणस्तरीय सेवा प्रवाह गर्न माग गरे । 


    केही दिन अगाडि नेकपा माओबादी केन्द्र,जनता समाजबादी पार्टी नेपाल ,लोसपा नेपाल नागरिक उन्मुक्ति पार्टी र नेपाल समाजबादी पार्टी नयाँ शक्तिले प्रमुख जिल्लला अधिकारीमार्फत मुख्य मन्त्री तथा स्वास्थ्यमन्त्रीलाई ज्ञपानपत्र पठाईएको र अस्पताल सुधार माग तथा अस्पतालामा राजनीतीकरण नगर्ने ,बेथित नियन्त्रणको माग गरेको थियो ।

     माग पुरा भएन भने ६राजनीतिक दलहरुले चरणबद्ध आन्दोलनक गर्ने समेत चेतवानी दिएका छन । आजै अस्पातलको बिषयमा ६ राजनीतिक दलहरुले प्रदेशका मुख्यमन्त्री र स्वास्थ्य मन्त्रीलाई भेट गर्न देउखुरी दाड गएको छ ।

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij