२०८३, आश्विन २५ गते

Oct 11 2026

images
images

लुम्बिनी प्रदेशस्तरीय सुरक्षा गोष्ठी शुरू

लुम्बिनी प्रदेशस्तरीय सुरक्षा गोष्ठी शुरू

लुम्बिनी प्रदेशस्तरीय सुरक्षा गोष्ठी शुरू

लुम्बिनी प्रदेशस्तरीय सुरक्षा गोष्ठी शुरू

लुम्बिनी प्रदेशस्तरीय सुरक्षा गोष्ठी शुरू
लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
मंगलवार, पौष २ २०८१
मंगलवार, पौष २ २०८१
  • बुटवल । रुपन्देहीको भैरहवामा लुम्बिनी प्रदेशस्तरीय सुरक्षा गोष्ठी शुरू भएको छ । गृह मन्त्रालय र लुम्बिनी प्रदेश सरकारको आन्तरिक मामिला तथा कानून मन्त्रालयको संयुक्त आयोजनामा प्रदेशस्तरीय सुरक्षा गोष्ठी शुरू भएको हो । 

    सुरक्षा गोष्ठीलाई सम्बोधन गर्दै गृहमन्त्री रमेश लेखकले सीमा क्षेत्रमा अपराध, तस्करी र राजश्व चुहावट भएको भन्दै त्यसको नियन्त्रण गर्न सुरक्षा निकायलाई निर्देशन दिए । उनले लुम्बिनी प्रदेशमा तस्करी र सीमा वारपार सुरक्षा निकायका लागि मुख्य चुनौती देखिएको बताए ।

    ‘क्रस बोर्डर अपराध भइरहेको छ, तस्करी मौलाएको  र राजस्व चुहावट भइरहेको सुनिएको छ’, गृहमन्त्री लेखकले भने, ‘गोष्ठी सकिएपछि यस्तो गुनासो सुन्न नपरोस् ।’ 

    उनले पछिल्लो समय साइबर क्राइम बढेको बताउँदै नियन्त्रण गर्न निर्देशन दिए । गृहमन्त्री लेखकले संविधानको सुरक्षा र लोकतन्त्रको सुदृढीकरणका लागि शान्ति सुरक्षा मजबुत हुनुपर्ने बताए । उनले शान्ति सुरक्षा खल्बलिने बित्तिकै मौलिक हक गुम्ने भएकाले लोकतन्त्रको पूर्वशर्त नै शान्ति सुरक्षा रहेको बताए ।

    उनले संविधानको सही कार्यान्वयनका लागि शान्ति सुरक्षा नै प्रमुख सवाल हुने भएकाले यसतर्फ ध्यान दिन आग्रह गरे। गृहमन्त्री लेखकले शान्ति, सुशासन, विकास र समृद्धिका लागि पनि शान्ति सुरक्षा अनिवार्य सर्त रहेको बताए । लुम्बिनी प्रदेश गौतमबुद्वको जन्मस्थल रहेकाले शान्ति सुरक्षा पूर्ण सुरक्षित बनाउनुपर्ने उनको भनाइ छ । 

    कार्यक्रममा लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले संविधानले दिएको अधिकार प्रदेशमा प्रत्यायोजन नगर्दा समस्या भएको बताए । मुख्यमन्त्री आचार्यले संविधानको एकल र साझा सूचीका अधिकार कार्यान्वयन गर्न संघीय सरकारले सघाउनुपर्ने माग गरे । 

    प्रदेशमा प्रहरी समायोजन नहुँदा शान्ति सुरक्षा कायम गर्नेदेखि प्रहरीलाई साधन स्रोत सम्पन्न बनाउन समेत रोकेको उनले बताए । उनले तत्काल प्रदेशमा प्रहरी समायोजनदेखि प्रदेश अनुसन्धान ब्यूरो स्थापना गर्ने विषयमा संघीय सरकारको ध्यानाकर्षण गराए ।

    ‘प्रहरी समायोजन नहुँदा प्रदेश सरकारले प्रहरी कार्यालयको भवन निर्माण गर्न हालेका बजेट समेत कार्यान्वयन हुन नसक्ने अवस्था छ । गत वर्षको बजेट पनि खर्च हुन सकेन’, मुख्यमन्त्री आचार्यले भने, ‘संघीय सरकारले अनुमति नदिँदा प्रहरी कार्यालय बनाउन हालिएका बजेट फ्रिज हुन पुगे । यस वर्ष पनि प्रदेश सरकारले प्रहरी कार्यालय भवन निर्माण गर्न बजेट विनियोजन गरेको छ ।’ 

    प्रदेशभित्र प्रहरी कार्यालय भवन जीर्ण हुँदा समस्या परेको, प्रदेश सरकारले भवन निर्माणका लागि ध्यान दिएपनि प्रहरी समायोजनको विषय अघि नबढ्दा समस्या परेको उनको भनाइ छ । 

    ‘संघीय निजामती  सेवा ऐन नआउँदा प्रदेशमा काम गर्न जटिलता छ । हामीले बनाएको ऐन समेत कार्यान्वयन गर्न खोज्दा समस्या देखियो’, मुख्यमन्त्री आचार्यले भने, ‘संघीय शिक्षा ऐन समेत नआउँदा प्रदेशले काम गर्न पाएन ।’

    प्रदेश सरकारले सुशासन प्रवर्द्धन र भ्रष्टाचारविरुद्धको अभियानलाई प्राथमिकतामा राखेको र सोही अनुसार कार्यान्वयन पक्षलाई बलियो बनाउँदै लगेको मुख्यमन्त्री आचार्यले जानकारी दिए ।

    ‘सुशासन प्रवर्द्धन र भ्रष्टाचार न्यूनीकरण गर्न पाँच वर्षे रणनीतिक योजना बनाएका छौं । त्यसको पूर्ण कार्यान्वयन गर्न प्रदेश सरकारले ध्यान दिएको छ । यति मात्र होइन, मुख्यमन्त्री र मन्त्रीहरूलाई आचारसंहिता लागू गरेका छौं’, उनले भने, ‘महिनामा एक पटक मात्र एउटा जिल्लामा जाने, अर्को पटक जानुपरेको खण्डमा आवश्यकता र औचित्य पुष्टि हुनेगरी मुख्यमन्त्रीको अनुमति लिएर जाने, सकभर होटलमा बास नबस्ने, सरकारी गेष्ट हाउसमा बस्ने नीति लिएका छौं । आफ्नो जिल्लामा मन्त्री जाँदा भ्रमण भत्ता नलिने, होटलको बिल पेश नगर्ने लगायत आर्थिक अनुशासन कायम गर्ने गरी सरकारले भूमिका बढाएको छ ।’ 

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij