२०८३, आश्विन २५ गते

Oct 11 2026

images
images

रवि लामिछानेलाई थप चार दिन हिरासतमा राख्न अनुमति

रवि लामिछानेलाई थप चार दिन हिरासतमा राख्न अनुमति

रवि लामिछानेलाई थप चार दिन हिरासतमा राख्न अनुमति

रवि लामिछानेलाई थप चार दिन हिरासतमा राख्न अनुमति

रवि लामिछानेलाई थप चार दिन हिरासतमा राख्न अनुमति
लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
मंगलवार, पौष २ २०८१
मंगलवार, पौष २ २०८१
  • बुटवल । पोखराको सूर्यदर्शन सहकारी ठगी प्रकरणमा मुछिएका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई थप चार दिन हिरासतमा राख्न अदालतले अनुमति दिएको छ ।

    मंगलबार कास्की जिल्ला अदालतले पूर्वगृहमन्त्री लामिछानेलाई थुनामा राख्न आठौँपटक म्याद थप गरेको अदालतका सूचना अधिकारी सुरज अधिकारीले जानकारी दिए ।


    कास्की प्रहरीले लामिछानेसहितमाथि अनुसन्धान सकेर सोमबार जिल्ला सरकारी वकिलको कार्यालयलाई प्रतिवेदन बुझाइसकेको छ । तर, सरकारी वकिललाई केही समय लाग्ने भएपछि म्याद थपका लागि प्रहरीले अदालत लगेको थियो ।

    यसअघि, अदालतले मंसिर २७ गते उनलाई हिरासतमा राख्न पाँच दिनको अनुमति दिएको थियो । 

    सहकारी संस्थाको रकम अपचलन, किर्ते, सम्पत्ति शुद्धीकरणसम्बन्धी कसुरमा अनुसन्धानका निम्ति गएको कात्तिक २ गतेयता लामिछाने जिल्ला प्रहरी कार्यालय कास्कीको हिरासतमा छन् । काठमाडौंस्थित रास्वपा केन्द्रीय कार्यालयबाट कात्तिक २ गते पक्राउ गरेर उनलाई पोखरा लगिएको थियो ।

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij