२०८३, आश्विन २५ गते

Oct 11 2026

images
images

पार्टी प्रवेश गर्नेलाई माओवादीले पूर्ववत् जिम्मेवारी दिने

पार्टी प्रवेश गर्नेलाई माओवादीले पूर्ववत् जिम्मेवारी दिने

पार्टी प्रवेश गर्नेलाई माओवादीले पूर्ववत् जिम्मेवारी दिने

पार्टी प्रवेश गर्नेलाई माओवादीले पूर्ववत् जिम्मेवारी दिने

पार्टी प्रवेश गर्नेलाई माओवादीले पूर्ववत् जिम्मेवारी दिने
लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
मंगलवार, पौष २ २०८१
मंगलवार, पौष २ २०८१
  • काठमाडौं । नेकपा (माओवादी केन्द्र)ले पार्टी प्रवेश गर्नेहरूलाई पूर्ववत् पार्टीकै जिम्मेवारी दिने भएको छ । स्थायी कमिटी बैठकको निर्णय समावेश गरेर अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड' र महासचिव देव गुरुङले सोमबार जारी गरेको सर्कुलरमा पार्टी एकतामा जोड दिने उल्लेख छ ।

    "मुलुकको विद्यमान परिस्थितिमा वाम एकता र ध्रुवीकरणको आवश्यकतालाई ध्यानमा राखी समान विचार भएका वाम घटकहरूसँग पार्टी एकता र ध्रुवीकरणमा जोड दिने । विगतमा एकीकरण/समायोजन/पार्टी प्रवेश भएका कतिपय कमरेडहरूको सन्दर्भमा सांगठनिक जिम्मेवारी व्यवस्थापनमा उपेक्षा भएको भनि आएका गुनासोलाई ध्यानमा राखी एकीकरण/समायोजन/प्रवेश हुँदाका बखत स्थापित वाम घटकहरूमा जुन जुन स्तरमा कार्यरत रहेको थियो सोही स्तरमा समायोजन गर्ने र गैरवाम घटकहरूबाट पार्टी प्रवेश हुँदा सम्बन्धित पार्टी समितिहरूको निर्णय अनुसार समायोजन गर्ने निश्चित गरिएको छ,” सर्कुलरमा भनिएको छ ।

    सर्कुलरमा स्थानीय तहको उपनिर्वाचनको परिणाम उत्साहजनक रहेको उल्लेख छ । कांग्रेस र एमालेको जनमत ह्रास आएको र पार्टीको पक्षमा जनमत बढेको निष्कर्ष माओवादीले निकालेको छ ।

    “उपलब्धिका अलावा पनि पूर्व विजयप्राप्त गरेका केही स्थानहरू गुम्नु, निर्वाचनको लागि सिंगो पार्टी पंक्तिलाई परिचालन गर्ने विषयमा सीमाहरू रहनु, निर्वाचनका लागि आवश्यक सबै पक्षहरूको प्रचुर प्रयोग गर्ने लगायतका विषयहरूमा केही सीमा कमीकमजोरी पनि रहन गएका छन्,” सर्कुलरमा भनिएको छ । 

    उपनिर्वाचनको अनुभवबाट पाठ सिक्दै पार्टीलाई अझ नयाँ उचाइमा एकताबद्ध गराउने, जनस्तरसम्म पार्टी संगठनलाई विस्तार र व्यवस्थितरूपमा परिचालन गर्ने, जनसंगठनहरूलाई व्यापकरूपमा विस्तार गर्ने, पार्टीको नेतृत्व, पार्टीको सही विचार र नीतिगत कार्यसूचीहरूलाई दह्रोसँग स्थापित गर्नुपर्ने विषयमा जोड दिइएको पनि सर्कुलरमा उल्लेख छ ।

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij