२०८३, आश्विन २५ गते

Oct 11 2026

images
images

दुर्गा प्रसाईंको बन्दीप्रत्यक्षीकरण रिट न्यायाधीश सुवेदीद्वयको इजलासमा

लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
शुक्रवार, पौष ५ २०८१
शुक्रवार, पौष ५ २०८१
  • काठमाडौं । मेडिकल व्यवसायी दुर्गा प्रसाईंको थुनाविरुद्ध छोरा निराजनले दायर गरेको रिट न्यायाधीशद्वय नहकुल सुवेदी र शारङ्गा सुवेदीको इजलासमा परेको छ । 

    यही पुस २ गते प्रसाईंका छोरा निराजनका तर्फबाट नारायण खबासले रिट दर्ता गराएका थिए । उक्त रिटमा बुधबार न्यायाधीश सुनिलकुमार पोखरेलको इजलासले प्रारम्भिक सुनुवाइ गर्दै थुनुवा झिकाउने आदेशसहित कारण देखाउ आदेश जारी गरेको थियो । 

    आज संयुक्त इजलासमा सुनुवाइ भइरहेको छ । दुवै पक्षको बहस सुनिसकेपछि प्रसाईं थुनामै रहने वा रिहा हुने आदेश सर्वोच्च अदालतले गर्नेछ । 

    यसअघि प्रसाईं पक्राउ परेपछि छोरा निराजनले दायर गरेको रिट खारेज गर्दै सर्वोच्चले प्रसाईंलाई क्यान्सर लागेको हुँदा उचित उपचारको व्यवस्था मिलाउन आदेश जारी गरेको थियो । 

    जिल्ला अदालतबाट साइबर अपराधमा धरौटीमा रिहा हुने आदेश भएपछि नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान व्युरो सीआईबीले पक्राउ गरी प्रसाईंलाई संगठित अपराधमा अनुसन्धानका लागि जिल्ला अदालत काठमाडौंको अनुमति पाएर थुनामा राखेको छ ।

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij