बुटवल । नेपाल विद्यार्थी संघ (नेविसंघ)मा संस्थापन र इतर समूहबीचको विवाद चर्किएको छ । संस्थापन पक्ष र शेखर कोइराला पक्षबीच कुरा नमिल्दा संगठनका नेताहरूले समानान्तर गतिविधि सुरु गरेका छन् ।
१२औँ महाधिवेशनका लागि जिल्ला प्रतिनिधि चयनमा सहमति हुन सकेको छैन । अध्यक्ष दुजाङ शेर्पाले प्रतिनिधि तोक्दा एकलौटी गरेको भन्दै संस्थापनइतर समूहका विद्यार्थी नेताले समानान्तर गतिविधि सुरु गरेका हुन् ।
संस्थापनइतर समूहकी नेतृ केन्द्रीय सदस्य प्रेमिका रानामगरले ७७ जिल्लाका लागि छुट्टै प्रतिनिधिको सूची सार्वजनिक गरेकी हुन् । सूची सार्वजनिक गर्दै उनले जिल्ला, क्याम्पस, विश्वविद्यालय कमिटीसँग समन्वय गरी अधिवेशन सम्पन्न गराउन भनेकी छन् ।




