२०८३, आश्विन २५ गते

Oct 11 2026

images
images

सहकारी ठगी प्रकरण  : रविसहित ३१ जनाविरुद्ध मुद्दा,डेढ अर्ब बिगो दावी

सहकारी ठगी प्रकरण  : रविसहित ३१ जनाविरुद्ध मुद्दा,डेढ अर्ब बिगो दावी

सहकारी ठगी प्रकरण  : रविसहित ३१ जनाविरुद्ध मुद्दा,डेढ अर्ब बिगो दावी

सहकारी ठगी प्रकरण  : रविसहित ३१ जनाविरुद्ध मुद्दा,डेढ अर्ब बिगो दावी

सहकारी ठगी प्रकरण  : रविसहित ३१ जनाविरुद्ध मुद्दा,डेढ अर्ब बिगो दावी
लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
सोमवार, पौष ८ २०८१
सोमवार, पौष ८ २०८१
  • बुटवल ।  राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेसहित ३१ जनाविरुद्ध पोखराको सूर्यदर्शन सहकारी ठगी प्रकरणमा तीनवटा कसुरमा अभियोग पत्र दायर भएको छ। जिल्ला सरकारी वकिल कार्यालय प्रमुख कमला काफ्लेका अनुसार लामिछानेसहित ३१ जनाविरुद्ध सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरणसम्बन्धी कसुरमा जिल्ला अदालत कास्कीमा मुद्दा दर्ता गरिएको हो। 


    रवि लामिछाने, छविलाल जोशी, रामबहादुर खनाल, दिपेश कुमार पुन, नेत्रपाणी बास्तोला, देवेन्द्रबाबु राई, विज्ञान राई, लिला पछाई, विश्वविक्रम राई, विशाल तामाङ, नविन अछामी, रविना रिमाल, असरफ अली सिद्दिकी, दिपक लामा, अनन्तबाबु राई र ओमप्रकाश गुरुङलाई प्रतिवादी बनाइएको छ।

    यस्तै बिरबहादुर रानाभाट, दिपा न्यौपाने, कल्पना कुमारी श्रेष्ठ, ज्ञानबहादुर बम्जन, मिना गुरुङ, सूर्यध्वज न्यौपाने, आरती गुरुङ, लिलाबहादुर गुरुङ, पेशल कुमार राई, कृष्णबहादुर गुरुङ, देवकुमार नेपाली, शकुन्तला गुरुङ, मिश्रकुमारी गुरुङ, रितु ताम्राकार र लक्ष्मीप्रसाद पौडेलविरुद्ध अभियोग पत्र दायर गरिएको हो। उनीहरुविरुद्ध एक अर्ब ५१ करोड ४० लाख १९ हजार १९४ रुपैयाँ बिगो दाबी गरिएको छ। 

    लामिछानेलाई सूर्यदर्शन सहकारी ठगीमा ३ करोड ३७ लाख ६५ हजार रुपैयाँ बिगो कायम गरिएको छ भने सम्पत्ति शुद्धीकरणको कसुरमा झण्डै २८ करोड बिगो कायम गरिएको छ। उक्त बिगो भराउन र उनीहरूलाई कैद सजाय गर्न पनि माग गरिएको छ।


    यो कसुरमा पूर्वडीआईजी छविलाल बन्जाडे जोशीलाई ७४ करोड ३४ लाख ७१ हजार ५५ रुपैयाँ ५२ पैसा कायम गर्दै अभियोग दायर भएको छ। जोशी रविभन्दा एक महिनापहिले नै पक्राउ परेका थिए।लिला पछाई र विश्वविक्रम राईलाई भने क्रिप्टोको कारोबारको आरोपमा पनि मुद्दा चलाइएको छ।जीबीसहित १९ जनाविरुद्ध गत शुक्रबार नै यही बिगो र थप कसुरमा मुद्दा दायर भइसकेको छ।


    सम्पत्ति शुद्धीकरणको कसुरमा प्रहरीले अनुसन्धानका लागि पाउने ९० दिनको समय सकिएपछि रविसहितका प्रतिवादीहरुलाई आइतबार कार्यालय खुल्नासाथ अदालत पुर्‍याइएको थियो। शुक्रबार नै अदालतले दिएको म्याद सकिए पनि शनिबार विदा भएकाले आइतबार मात्रै अभियोगपत्रसाथ सरकारी वकिल कार्यालयले उपस्थित गराएको हो। 


    दोस्रो चरणको अनुसन्धानमा छविलाल बन्जाडे जोशी असोज ६ गते पक्राउ परेका थिए। त्यसपछि प्रहरीले ९० दिन लगाएर अनुसन्धान टुंग्याएको हो। दोस्रो चरणको अनुसन्धानमा ३१ जनाविरुद्ध अभियोग पत्र दायर गरिएको छ। ती मध्ये लिला पछाइ र विश्वविक्रम राईलाई क्रिप्टो कारोबारको आरोपमा राष्ट्र बैंक ऐनसम्बन्धी कसुर समेत लगाइएको छ।

    रवि र निकिताको घर जग्गा जफत गर्न माग
    जिल्ला सरकारी वकिल कार्यालय कास्कीले रवि लामिछाने र उनकी पत्नी निकिता पौडेलका नाममा रहेको सम्पत्ति जफत गर्न माग गरेको छ।आइतबार जिल्ला अदालत कास्कीमा तीनवटा कसुरमा मुद्दा दायर गर्दै उनीहरूको नाममा भएको सम्पत्ति समेत जफत गर्न माग गरिएको हो।अभियोगमा रवि लामिछानेको नाममा काभ्रेपलान्चोकको नाल्दुम बालुवापाटनमा रहेको १-१-१-१ क्षेत्रफलको जग्गा जफत गर्न माग गरेको हो।


    यस्तै, निकिताका नाममा बूढानीलकण्ठमा रहेको ५ आना जग्गा पनि जफत गर्न माग गरिएको छ। उक्त जग्गाको मूल्य ३ करोड ८५ लाख रुपैयाँ बराबरको हो।सो जग्गा २०७६ मंसिर २३ गते खरिद गरिएको थियो।रवि र निकिताको बैंक खातामा ७ लाख ७४ हजार ७७४ रुपैयाँ रहेको छ।रवि र निकिताका विभिन्न बैंकमा रहेका १८ वटा खातामा उक्त रकम फेला परेको हो।सम्पत्ति शुद्धीकरणको कसुरमा लामिछानेविरुद्ध २७ करोड ८९ लाख ४४ हजार ७०५ रुपैयाँ बिगो अशुल गर्न माग गरिएको छ।
    सम्पत्ति जफतका लागि रविकी पत्नी निकितालाई पनि प्रतिवादी बनाइएको छ।


    रविको बयान : जीबीले सहकारीबाट पैसा ल्याएको थाहा दिएनन्‌
    रवि लामिछानेले गोर्खा मिडियामा आएको रकम कुनै सहकारीबाट आएको भन्ने दस्तावेज नरहेको भन्दै बयान दिएका छन् ।
    उनीसहितका व्यक्तिविरुद्ध आइतबार कास्की जिल्ला अदालतमा सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धिकरणको कसुरमा मुद्दा दर्ता भएको छ । तर लामिछाने आफूमाथि लागको आरोपको इन्कार गर्दै बयान दिएका छन् । जीबीले सहकारी संस्थाबाट पैसा ल्याएको जानकारी आफू पदमा रहुन्जेलसम्म नदिएको उनको बयान छ ।

    ‘म सम्बद्ध गोर्खा मिडियाले मेरो जानकारी, सहमति, उपस्थिति वा योजनामा कुनै पनि सहकारी संस्थाबाट पैसा लिने लिखित वा मौखिक कुनै प्रकारको सहमति, सम्झौता, करार गरेको थिएन । उनीहरूले गरेको लगानीको स्रोत सहकारी संस्थाबाट आएको भन्ने कुरा स्थापित हुने कुनै आधिकारिक दस्तावेज गोर्खा मिडियामा प्राप्त छैन र थिएन,’ बयानका क्रममा भनेका छन् ।


    यस्तो छ लामिछानेले दिएको बयान
    २०७७ असार ३१ गते सहकारीमा नामथर रवि लामिछाने, ठेगाना पोखरा ८ सृजनाचोक लेखेर एक करोड ऋण देखाइएको भन्ने कुरा यसै वित्तीय विश्लेषण र संसदीय समितिमा बयान दिन जाँदाको क्रममा आधिकारिक रूपमा थाहा पाएको हुँ ।

    सहकारीबाट रकम लिने कार्यमा म कुनै पनि किसिमबाट संलग्न नरहेको र सहकारीको रकम मैले उपभोग समेत नगरेको हुँदा सहकारीको रकम फिर्ता गर्ने जिम्मेवारी मेरो रहँदैन । सहकारी संस्थाबाट मैले ऋण लिएको भए ऋण तथा ब्याज तिर्नको लागि पत्र तथा ताकेता आउनुपर्ने थियो, गैर कानूनी ढंगबाट ऋण लिइएको मलाई जानकारी छैन ।


    मलाई जानकारी भएको खण्डमा यिनिहरूको कर्तुत बाहिर आउने डर समेत राखी योजनाबद्ध र गोप्य रूपमा गैरकानूनी तरिकाले हिसाब मिलान गरी अर्को वर्षलाई समेत क्यापिटलाइज गरिएको रहेछ भन्ने उल्लेख गरेको, रवि लामिछानेको नाउँमा सहकारीको कम्प्युटर लेखा प्रणाली सिष्टममा अभिलेखिकरण गरिएको रवि लामिछानेको नाम उल्लेख भई खोलिएको बचत र ऋण खाता मेरो उपस्थिति, मन्जुरी र जानकारीमा खोलेको अवस्था नभएको तथा उक्त खाता खोल्दा कम्प्युटर प्रणालीमा पूर्ण विवरण समेत भरेको नपाइएको हुँदा सो खातामा रवि लामिछानेको हुने कुरै भएन ।


    म सम्बद्ध गोर्खा मिडियाले मेरो जानकारी, सहमति, उपस्थिति वा योजनामा कुनै पनि सहकारी संस्थाबाट पैसा लिने लिखित वा मौखिक कुनै प्रकारको सहमति, सम्झौता, करार गरेको थिएन । उनीहरूले गरेको लगानीको स्रोत सहकारी संस्थाबाट आएको भन्ने कुरा स्थापित हुने कुनै आधिकारिक दस्तावेज गोर्खा मिडियामा प्राप्त छैन र थिएन ।


    गोर्खा मिडियामा प्रवन्ध निर्देशकको आधिकारिक जिम्मेवारी मिति २०७७ पुस २५ गतेको निर्णय बमोजिम मिति २०७७ पुस ३० गते नियुक्ति पत्र सहित दिइएको थियो, गोर्खा मिडिया नेटवर्कको कार्यकारी अध्यक्ष गितेन्द्र बाबु राई समेतले मलाई टेलिभिजनमा लैजादै गर्दा १५ प्रतिशत स्वेट शेयर, आकर्षक एडभान्स र तलब सहितको सेवा सुविधा दिने भनि विश्वास दिलाई सहमति र सम्झौता समेत गरी लैजानु भएको हो । जसकारण कम्पनीको सञ्चालकहरू गितेन्द्र बाबु राई र छविलाल जोशीले शेयर बाँडफाँडको कार्य गर्दै रहँदा सहमति र सम्झौता अनुसार मलाई मिति २०७७ चैत महिना देखि १ प्रतिशत ५ शेयर सदस्यमा समेत राख्नु भएको उल्लेख गरेका हो ।

    उक्त कम्पनीमा २०७९ असार १ गतेसम्म रही मलाई कम्पनीबाट उपलब्ध गराइएको निःशुल्क शेयरलाई कुनै पनि पैसा नलिइकन जस्ताको तस्तै कार्यकारी अध्यक्ष गितेन्द्र बाबु राईलाई फिर्ता गरी कम्पनी रजिष्ट्रारको कार्यालयबाट आधिकारीक रूपमा शेयर सदस्यबाट र कार्यकारी अध्यक्ष गितेन्द्र बाबु राईको सल्लाह बमोजिम नै टेलिभिजनबाट प्रवन्ध निर्देशकको जिम्मेवारीबाट समेत राजिनामा दिएर अलग भएको हुँ ।

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij