२०८३, आश्विन २५ गते

Oct 11 2026

images
images

रविसहितको मुद्दा न्यायाधीश राईको इजलासमा

रविसहितको मुद्दा न्यायाधीश राईको इजलासमा

रविसहितको मुद्दा न्यायाधीश राईको इजलासमा

रविसहितको मुद्दा न्यायाधीश राईको इजलासमा

रविसहितको मुद्दा न्यायाधीश राईको इजलासमा
लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
सोमवार, पौष ८ २०८१
सोमवार, पौष ८ २०८१
  • पोखरा । पूर्वगृहमन्त्री एवम् रास्वपा सभापति रवि लामिछानेसहित ५ जनाको मुद्दामा न्यायाधीश नीतिज राईको इजलासमा बहस हुने भएको छ ।

    बयानका लागि रविसहित पाँचै जनालाई कास्की जिल्ला अदालतमा उपस्थित गराइएको छ ।

    रविसहित पूर्व डीआईजीसमेत रहेका गोर्खा मिडियाका पूर्वउपाध्यक्ष छविलाल जोशी, जीबी राईका साझेदार नेचर हर्ब्सका रामबहादुर खनाल, लिला पछाइँ र सूर्यदर्शन सहकारीका सञ्चालक कृष्ण गुरूङलाई अदालत उपस्थित गराइएको हो ।

    आइतबार उनीहरुविरुद्ध सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरणको मुद्दा दायर भएको थियो । आजदेखि बयान सुरु हुँदैछ । त्यसपछि थुनछेक बहस हुने अदालतले जनाएको छ ।

     

    ‘आजबाट अभियोगअनुसार प्रतिवादीको बयान थालिएको हो । १र२ दिन बयानमै जान्छ, त्यसपछि बल्ल थुनछेक बहस हुने हो,’ कास्की जिल्ला अदालतका श्रेस्तेदार राजन खनालले भने ।

    थुनछेक बहसपछि न्यायाधीशले थुनामा राख्ने, धरौटी माग्ने वा सामान्य तारिखमा छाड्ने भन्ने विकल्पमध्ये एउटा निर्णय गर्नेछन् । त्यसपछि मात्रै मूल मुद्दा अघि बढ्ने छ ।

    प्रहरीले रवि लगायतको समूहमाथि विभिन्न सहकारीको बचत ठगी गरेको आरोपमा एक अर्ब ५१ करोड रुपैयाँ बिगो मागदाबी सहित सहकारी ठगी मुद्दा दायर गरेको छ । संगठित समूह बनाएर योजनाबद्ध रूपमा ठगी गरेको आरोपमा उनीहरूमाथि संगठित अपराधको अभियोग पनि छ ।

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij