बुटवल । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को सचिवालय बैठक बस्दै छ । आज दिउँसो ३ बजे पार्टी केन्द्रीय कार्यालयमा बस्ने गरी बैठक बोलाइएको कार्यवाहक प्रवक्ता मनिष झाले जानकारी दिएका छन् ।
आजको बैठकमा समसामयिक राजनीतिक विषयमा छलफल हुनेछ । त्यस्तै पार्टीको केन्द्रीय विभागमा मनोनयन, आगामी केन्द्रीय समितिको बैठकको तयारी तथा विविध विषयमा छलफल हुने बताइएको छ ।
पार्टी सभापति रवि लामिछानेविरुद्ध कास्की जिल्ला अदालतमा मुद्दा दायर भएपछि रास्वपाले डीपी अर्याललाई कार्यवाहक सभापतिको जिम्मेवारी दिइएको छ ।




