२०८३, आश्विन २६ गते

Oct 12 2026

images
images

रञ्जिता श्रेष्ठलाई संसदीय दलको नेताबाट हटाइयो

रञ्जिता श्रेष्ठलाई संसदीय दलको नेताबाट हटाइयो

रञ्जिता श्रेष्ठलाई संसदीय दलको नेताबाट हटाइयो

रञ्जिता श्रेष्ठलाई संसदीय दलको नेताबाट हटाइयो

रञ्जिता श्रेष्ठलाई संसदीय दलको नेताबाट हटाइयो
लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
सोमवार, आषाढ १८ २०८१
सोमवार, आषाढ १८ २०८१
  • काठमाडौं । नागरिक उन्मुक्ति पार्टीको विवाद उत्कर्षमा पुगेको छ। पहिले प्रदेशमा देखिएको विवाद अब केन्द्रमा छताछुल्ल भएको छ। पार्टीका बहुमत सांसदले रञ्जिता श्रेष्ठलाई पार्टीको संसदीय दलको नेताबाट हटाइएका छन्। 

    आइतबार बसेको संसदीय दलको बैठकमा बहुमत सदस्यहरूको उपस्थितमा सो निर्णय गरिएको हो। संसदीय दलका नेताको पदमा रहेकी श्रेष्ठलाई हटाएर गंगाराम चौधरी डगौरालाई संसदीय दलको नेता चयन गरिएको छ। 

    त्यस्तै प्रमुख सचेतक पदमा रहेका डगौराको स्थानमा लालवीर चौधरीलाई प्रमुख सचेतक बनाउने निर्णय सर्वसम्मतिबाट पारित गरिएको नागरिक उन्मुक्ति पार्टीको विज्ञप्तीमा उल्लेख छ। 

    आफूलाई संसदीय दलको नेताबाट हटाइएको बारेमा कुनै जानकारी नभएको रञ्जिताले बताएकी छन्। उनले आफूलाई कुनै जानकारी नभएको र कसैले टीकापुरमा बसेर गरेको निर्णय नमान्ने बताएकी छन्।

    उनले भनिन्, ‘संसदीय दलको नेता परिवर्तन गर्ने कुनै एउटा कोठामा बसेर गर्ने हैन, म काठमाडौंमा नै छु, उहाँहरुले टीकापुरमा बसेर गरेको निर्णय मान्य हुँदैन।’

    यता प्रमुख सचेतक बनाइएका लालवीर चौधरीले भने संसदीय दलको नेता र प्रमुख सचेतक परिवर्तन गरिएको जानकारी दिँदै आफूहरु काठमाडौं आइपुगेको बताए। 

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij