२०८३, आश्विन २५ गते

Oct 11 2026

images
images

गुल्मीको मदाने र धुर्कोट गाउँपालिका उपाध्यक्ष शी लिड्स आइकन अवार्डबाट सम्मानित

गुल्मीको मदाने र धुर्कोट गाउँपालिका उपाध्यक्ष शी लिड्स आइकन अवार्डबाट सम्मानित

गुल्मीको मदाने र धुर्कोट गाउँपालिका उपाध्यक्ष शी लिड्स आइकन अवार्डबाट सम्मानित

गुल्मीको मदाने र धुर्कोट गाउँपालिका उपाध्यक्ष शी लिड्स आइकन अवार्डबाट सम्मानित

गुल्मीको मदाने र धुर्कोट गाउँपालिका उपाध्यक्ष शी लिड्स आइकन अवार्डबाट सम्मानित
लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
शनिवार, पौष २० २०८१
शनिवार, पौष २० २०८१
  • खिम खड्का - गुल्मी । गुल्मीको मदाने गाउँपालिका उपाध्यक्ष सरिता खड्का र धुर्कोट गाउँपालिका उपाध्यक्ष सिता गिरी शी लिड्स आइकन अवार्डबाट सम्मानित भएका छन । देशभरका महिला जनप्रतिनिधिको उल्लेखनीय योगदानलाई सम्मान सहित प्रदान गरिएको ‘शी लिड्स आइकन’ गुल्मी जिल्लाका यि २ महिला जनप्रतिनिधिले प्राप्त गरेका हुन भने लुम्बिनी प्रदेशभर यो अवार्ड प्राप्त गर्ने महिला जनप्रतिनिधीको सङ्ख्या ७ रहेको छ ।

    देशभरका स्थानिय तहबाट प्राप्त १ सय ४० आवेदनमध्ये  २७ प्रेरणादायी महिला जनप्रतिनिधिलाइ छनोट गरी सि लिड्स ‘आइकन’ घोषणा गरिएको हो । अवार्ड हस्तान्तरण  कार्यक्रममा ‘महिला स्वास्थ्य, महिला उद्यमशीलता, नीति र न्याय, सशक्तीकरण र जवाफदेहिता’ जस्ता क्षेत्रमा उत्कृष्ट योगदान पुर्‍याउएको भन्दै सम्मान गरिएको हो । 

    470752626_969617561715232_4236925451842378052_n.jpg

    शुक्रवार काठमाण्डौमा आयोजित एक कार्यक्रमकाबीच प्रधानमन्त्री केपी शर्मा ओलीले उक्त अवार्ड प्रदान गर्नुभएको हो । कल्प इम्पावर वेमेन नेपालद्वारा आयोजित यस कार्यक्रमलाई महिला सशक्तीकरणको नयाँ दिशामा लैजाने युवा पुस्ताको प्रयासका रूपमा हेरिएको छ । महिला सशक्तीकरण, उद्यमशीलता, र नेतृत्वलाई प्रवद्र्धन गर्न आयोजना गरिने यो कार्यक्रमले स्थानीय तहका जनप्रतिनिधिको सशक्त भूमिका उजागर गर्दै देशभरका महिलालाई प्रेरणा दिने अपेक्षा गरिएको छ । 

    अवार्ड प्राप्त गरे पश्चात मदाने र धुर्कोट गाउँपालिका उपाध्यक्ष क्रमस सरिता खड्का र सिता गिरीले यो ठाउँ सम्म पुर्याउन सहयोग पुर्याउनुहुने गाउँपालिकाका अध्यक्ष, अन्य जनप्रतिनिधी, प्रमुख प्रशासकीय अधिकृत  लगायत अन्य कर्मचारी र समग्र पालिकाबासी जनसमुदायलाइ धन्यवाद दिएका छन ।

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij