काठमाडौं। उपप्रधान एवम् अर्थमन्त्री विष्णुप्रसाद पौडेलले मुलुक सङ्घीय ढाँचामा गए पनि प्रभावकारी वित्त व्यवस्थापन अझै हुन नसकेको बताएका छन ।
सोमबार सार्वजनिक वित्तीय व्यवस्थापन सुधार राष्ट्रिय रणनीति उच्चस्तरीय परामर्श गोष्ठीमा बोल्नुहुँदै अर्थमन्त्री पौडेलले यस्तो बताएका हुन ।
उनले मुलुक सङ्घीयतामा गए पनि अझै कतिपय व्यवस्थाहरु एकात्मक प्रणालीकै रहेको उल्लेख गर्दै उनले सङ्घीयतामा मुलुक रहे पनि वित्तीय व्यवस्थापनका स्रोत परिवर्तन हुन नसकेको दाबी गरे ।
अर्थमन्त्री पौडेलले राजस्व सङ्कलन, आन्तरिक ऋण, अन्तर्राष्ट्रिय सहयोग र अनुदानका स्रोतहरुबाट मात्रै स्रोत व्यवस्थापन भइरहेको उल्लेख गरे ।
उनले अहिले यी वित्तीय स्रोतबाट मात्रै वित्त परिचालन गरेर राष्ट्रको विकास र समृद्धिको आकाक्षालाई सम्बोधन गर्नसक्ने अवस्था नभएको बताए ।
उनले प्रचलित राजस्व सङ्कलन, आन्तरिक ऋण, अन्तर्राष्ट्रिय सहयोग र अनुदानका स्रोतबाट विकास र समृद्धिको आकाङ्क्षालाई पूरा गर्न नसक्ने परिस्थिति रहेको जानकारी दिए ।




