बुटवल । जनता समाजवादी पार्टी (जसपा) नेपालको केन्द्रीय विभागमा पदाधिकरी चयन भएका छन् ।
सोमबार पार्टीको केन्द्रीय कार्यालय बालकुमारीका बसेको पार्टी स्कूल तथा प्रशिक्षण विभागको बैठकले प्रमुखमा सुरेश मण्डल, उपप्रमुखमा अम्बिका काफ्ले र सचिवमा चन्देश्वर सदालाई चयन गरेको हो ।
१७ सदस्यीय विभागमा सदस्यहरुमा अर्जन थापा, चन्द्रश्वर प्रसाद सिंह, डा. उमा शंकर, तारा सिंह विश्वकर्मा,देवराज घिमिरे, बलबिर नेपाली, बिनाेद विश्वकर्मा, भगवती सुवेदी, भरत प्रसाद महताे, राजकुमार राइ, विकास तिवारी, सिता यादव, हरि नारायण कामती र ज्ञान बहादुर तामाङ चयन भएका छन् ।
जसपा नेपालको पार्टी स्कूल तथा प्रशिक्षण विभाग, महिला विभाग र सामाजिक सेवा तथा गैर सरकारी संस्था विभागमा पदाधिकारी चयन गरिएको पार्टीका प्रचार प्रसार तथा प्रकाशन विभाग प्रमुख पूर्ण बस्नेतले जानकारी दिएका छन् ।




