२०८३, आश्विन २६ गते

Oct 12 2026

images
images

प्रधानमन्त्री र ओलीबीच भेटवार्ता : के सरकार फेरबदल हुन लागेको हो ?

प्रधानमन्त्री र ओलीबीच भेटवार्ता : के सरकार फेरबदल हुन लागेको हो ?

प्रधानमन्त्री र ओलीबीच भेटवार्ता : के सरकार फेरबदल हुन लागेको हो ?

प्रधानमन्त्री र ओलीबीच भेटवार्ता : के सरकार फेरबदल हुन लागेको हो ?

प्रधानमन्त्री र ओलीबीच भेटवार्ता : के सरकार फेरबदल हुन लागेको हो ?
लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
सोमवार, आषाढ १८ २०८१
सोमवार, आषाढ १८ २०८१
  •  काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल र एमाले अध्यक्ष केपी शर्मा ओलीबीच फेरि भेटवार्ता भएको छ । प्रधानमन्त्री दाहाल र एमाले अध्यक्ष ओलीबीच प्रधानमन्त्री निवास बालुवाटारमा सोमबार बिहान भेटवार्ता भएको हो । दुई नेताबीच आइतबार मात्र प्रधानमन्त्री कार्यालय सिंहदरबारमा कुराकानी भएको थियो ।

    प्रधानमन्त्री दाहालकी स्वकीय सचिव गंगा दाहालले दुई नेताबीच समसामयिक राजनीतिक विषय र सरकारका काम अझै प्रभावकारी बनाउनेबारे छलफल भएको जानकारी दिएकी छिन् । सत्ता फेरबदलको चर्चा चलिरहँदा दुई नेताबीच कुराकानी भएको हो ।

    पछिल्लो समय कांग्रेस र एमालेबीच सत्ता सहकार्यका विषयमा संवाद भइरहेको छ । फागुन २१ मा माओवादीले कांग्रेससँगको सहकार्य तोडेर एमालेसँग गठबन्धन बनाएदेखि नै दुई ठूला दलबीच संवादको नयाँ चरण सुरु भएको नेताहरूको भनाइ छ । तर, दुवैतर्फका नेताले सरकार मात्र होइन, राजनीतिक स्थिरताका लागि संविधानमा सुधार गर्नुपर्ने प्रस्तावमा समेत छलफल गर्दै आएका थिए । सुरुमा दोस्रो तहका नेताहरूबीच भएको संवाद सकारात्मक भएको भन्दै देउवा र ओलीको भेट बाक्लिएको छ ।

    मूल विषयमा सहमति भएमा सरकार कसरी चलाउने भन्नेमा पनि दुई दलबीच करिब–करिब समझदारी भएको कांग्रेस नेताहरूको दाबी छ । प्रधानमन्त्री दाहालकी स्वकीय सचिव गंगा दाहालले दुई नेताबीच समसामयिक राजनीतिक विषय र सरकारका काम अझै प्रभावकारी बनाउनेबारे छलफल भएको जानकारी दिएकी छिन् ।

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij