२०८३, आश्विन २५ गते

Oct 11 2026

images
images

सरकार अर्थतन्त्र सुदृढ गर्न नीति र संरचना सुधारमा केन्द्रित छ : अर्थमन्त्री

लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
बुधवार, पौष २४ २०८१
बुधवार, पौष २४ २०८१
  • काठमाडौं । उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णु पौडेलले नेपालको अर्थतन्त्र सुदृढ गर्न सरकार नीतिगत र संरचनागत सुधारमा केन्द्रित रहेको बताएका छन् ।

    अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ) को पाँचौं समीक्षा मिसन टोलीसँग शिष्‍टाचार भेटका क्रममा अर्थमन्त्री पौडेलले पछिल्लो समय अर्थतन्त्रमा सुधार भइरहेको बताए ।

    उनले नीतिगत तथा संरचनागत सुधारले थप परिणाम ल्याउन महत्त्वपूर्ण भूमिका निर्वाह गर्ने विश्वास व्यक्त गरे ।

    पौडेलले अर्थतन्त्रमा देखापरेका मुद्दा ऐन कानुन तथा नीति र संवादबाट सम्बोधन गर्न र सुधारका काम अघि बढाउन सरकारले विशेष ध्यान दिएको बताए । अन्तर्राष्ट्रिय समुदायबाट प्राप्त सुझाव राष्ट्रिय सन्दर्भ र आवश्यकता अनुसार अघि बढाउने उनले प्रतिबद्धता जनाए ।

    अर्थमन्त्री पौडेलले आईएमएफ सहकार्यमा पाँचौं समीक्षाको सफलता निकै महत्त्वपूर्ण हुने उल्लेख गरे । यसका लागि नेपाली पक्षबाट पर्याप्‍त सहकार्य एवं समन्वय हुने विश्‍वास दिलाए । उनले अर्थतन्त्र सुधारका विषयमा उठेका विषयबारे सम्बन्धित निकायसँग थप संवाद र परामर्श गर्न समीक्षा मिसनलाई आग्रह गरे ।

    भेटमा सर्वत जहान नेतृत्वको आईएमएफ टोलीले विगतका सुधार कार्यक्रम समीक्षा जारी रहेको र आगामी दिनका लागि गृहकार्यमा रहेको जानकारी गराएको थियो ।

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij