२०८३, आश्विन २५ गते

Oct 11 2026

images
images

रविको मुद्दामा जवाफी बहस सकियो, आजै आदेश आउने

रविको मुद्दामा जवाफी बहस सकियो, आजै आदेश आउने

रविको मुद्दामा जवाफी बहस सकियो, आजै आदेश आउने

रविको मुद्दामा जवाफी बहस सकियो, आजै आदेश आउने

रविको मुद्दामा जवाफी बहस सकियो, आजै आदेश आउने
लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
बिहिवार, पौष २५ २०८१
बिहिवार, पौष २५ २०८१
  • पाेखरा । राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा) सभापति एवम् पूर्वगृहमन्त्री रवि लामिछाने जोडिएको सूर्यदर्शन बचत तथा ऋण सहकारी ठगी मुद्दामा जवाफी बहस सकिएको छ ।

    प्रतिवादीहरूको बयान सकिएपछि बुधबार जवाफी बहस सुरु भएकोमा बिहीबार दिउँसो सकिएको हो । जवाफी बहस सकिएपछि सबै प्रतिवादीलाई न्यायाधीश नीतिज राईले आफ्ना कुरा राख्न समय दिएका थिए ।

    राईको इजलासमा गोरखा मिडियाका पूर्वप्रबन्ध निर्देशकसमेत रहनुभएका लामिछानेले आफूलाई थुनाबहिरै रहेर मुद्दा लड्ने अवसर दिन आग्रह गरे । “मलाई थुना बाहिरै रहेर मुद्दा लड्ने अवसर दिइयोस्,” लामिछानेले भने, “सहकारीका बचतकर्ताको रकम फिर्ता गर्न पहल गर्छु । पीडितको पक्षमा निरन्तर काम गर्छु ।”

    पुस ७ गते जिल्ला अदालत कास्कीमा लामिछानेसहित ४४ जनाविरुद्ध मुद्दा दर्ता भएको थियो । अब न्यायाधीश राईको इजलासबाट साधारण तारेखमा छाड्ने, धरौटीमा छाड्ने वा पुर्पक्षका लागि थुनामा पठाउनेमध्ये एक निर्णय हुनेछ ।

    लामिछानेसहितले सूर्यदर्शनको बचत गोरखा मिडियामा लगेर अपचलन गरेको अभियोग छ । लामिछाने गोरखा मिडियाको पूर्वप्रबन्ध निर्देशक र सेयर सदस्य छन । अहिले कास्की प्रहरीको हिरासतमा गोरखा मिडियाका पूर्वउपाध्यक्ष छविलाल जोशी, लिला पछाईं, कृष्णबहादुर गुरुङ, रामबहादुर खनाल, मीना गुरुङ, आरती गुरुङ हुन।

    लामिछानेसहितका प्रतिवादीमाथि सहकारी ठगीसँगै सङ्गठित अपराध र सम्पत्ति शुद्धीकरण कसुरमा समेत अभियोगपत्र दर्ता भएको छ । सरकारी वकिलको कार्यालयले सूर्यदर्शन सहकारीको रकम ठगी प्रकरणमा पूरक र थप गरी अहिलेसम्म ६३ जनाविरुद्ध जिल्ला अदालत कास्कीमा मुद्दा दर्ता गरेको छ । प्रतिवादीहरूसँग एक अर्ब ५१ करोड बिगो माग गरिएको छ ।

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij