२०८३, आश्विन २५ गते

Oct 11 2026

images
images

कमिसन खान दे‍उवाले डडेलधुरामा विमानस्थल बनाउन खोजे : माधव नेपाल

कमिसन खान दे‍उवाले डडेलधुरामा विमानस्थल बनाउन खोजे : माधव नेपाल

कमिसन खान दे‍उवाले डडेलधुरामा विमानस्थल बनाउन खोजे : माधव नेपाल

कमिसन खान दे‍उवाले डडेलधुरामा विमानस्थल बनाउन खोजे : माधव नेपाल

कमिसन खान दे‍उवाले डडेलधुरामा विमानस्थल बनाउन खोजे : माधव नेपाल
लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
बिहिवार, पौष २५ २०८१
बिहिवार, पौष २५ २०८१
  • काठमाडौं । पूर्वप्रधानमन्त्रीसमेत रहेका नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधव नेपालले अर्का पूर्वप्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवामाथि कमिसन खानलाई डडेलधुरामा विमानस्थल बनाउन खोजेको आरोप लगाएका छन् ।

    बिहीबार सिंहदरबारमा बसेको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठकमा अध्यक्ष नेपालले ठेक्कामा कमिसन खान डडेलधुरामा पनि बनाउन खोजिएको आरोप लगाउका हुन् ।

    "अब जिल्लाको नाम भन्यो थाहा होला फेरि अरू कसैलाई । सुन्नुहोला, शेरबहादुरजीले । ए मेरो जिल्लामा पो आँखा गाड्नुभयो भन्नुहोला । त्यो चल्छ त्यहाँ विमानस्थल ? बैतडीमा चलिरहेको छ ? त्यति नजिकै विमानस्थल त्यहाँ डोटीमा छैन ? के छ त्यसको हालत ? भनेपछि त्यो विमानस्थल बनाउनुपर्ने किन ? उदयपुरमा के आवश्यकता छ ? किन बनाउनुपर्‍यो । भनेपछि त्यहाँ ठेक्का लाग्छ, ठेक्कामा कमिसन खान पाइन्छ । सिधा त्यो कुराबाहेक अरू केही पनि होइन । अलि जनतालाई भन्ने मौका पाइन्छ, मेरो जिल्लामा पनि मैले विमानस्थल ल्याइदिएँ । यस्तै कुराहरूले पनि धेरै नोक्सानी भइरहेको छ," नेपालले भने ।

    विमानस्थलहरू चल्न नसकेपछि त्यसको जिम्मेवार निर्णय गर्नेहरूले लिनुपर्ने उनको भनाइ छ । "एकातर्फ नेपाल वायुसेवा निगम घाटै घाटामा छ भन्ने सुन्छु । अर्कोतर्फ विशाल, विशाल बिल्डिङहरू बनाउँछौँ । यो बिल्डिङ नबनाई नहुने स्थिति के थियो ? अलि सस्तो मूल्यको बनाएको भए हुँदैन थियो, बनाउनैपर्ने भए पनि । यो अर्बौं अर्ब खर्च गरेर त्यसले के हुन्छ परिणाम ? सरकारले अरू ठाउँमा पनि त्यही काम गरेको हुनाले हामीले त्यही सिको गरेका हौँ भन्ने होला । हाम्रो बानी पनि त्यही छ," उनले भने ।

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij