२०८३, आश्विन २५ गते

Oct 11 2026

images
images

पोखराबाट काठमाडौं आउँदै रवि, आजै अदालत उपस्थित हुने तयारी

पोखराबाट काठमाडौं आउँदै रवि, आजै अदालत उपस्थित हुने तयारी

पोखराबाट काठमाडौं आउँदै रवि, आजै अदालत उपस्थित हुने तयारी

पोखराबाट काठमाडौं आउँदै रवि, आजै अदालत उपस्थित हुने तयारी

पोखराबाट काठमाडौं आउँदै रवि, आजै अदालत उपस्थित हुने तयारी
लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
शुक्रवार, पौष २६ २०८१
शुक्रवार, पौष २६ २०८१
  •  काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति तथा पूर्वगृहमन्त्री रवि लामिछाने पोखराबाट काठमाडौं आउन लागेका छन् ।

    पोखराको सूर्यदर्शन सहकारी ठगी प्रकरणमा बिहीबार ६५ लाख धरौटी बुझाएर छुटेका उनी शुक्रबार काठमाडौं आएर अदालतमा उपस्थित हुन लागेका हुन् । रास्वपाका एक नेताका अनुसार लामिछाने आजै काठमाडौं जिल्ला अदालतमा उपस्थित हुन लागेकाछन् ।

    ‘उहाँ साढे १ बजे जहाजमार्फत काठमाडौं आउँदै हुनुहुन्छ । त्यसपछि आजै अदालत उपस्थित हुने तयारी छ,’ ती नेताले अनलाइनखबरसँग भने ।

    लामिछाने आफैं अदालतमा उपस्थित हुने शर्तमा प्रहरीले उनलाई छाडेको थियो । बिहीबार राति उनी पोखरा नै बसेका थिए ।

    पूर्वगृहमन्त्रीसमेत रहेका लामिछानेलगायत ६३ जनाविरुद्ध सरकारी वकिल कार्यालय कास्कीले एक अर्ब ५१ करोड बिगो माग दावीसहित ५ पुसमा थप र ७ पुसमा पुरक अभियोजनपत्र जिल्ला अदालतमा दर्ता गराएको थियो ।

    लामिछानेविरुद्ध सहकारी ठगी, सम्पत्ति शुद्धीकरण र संगठित अपराधको अभियोगमा मुद्दा दायर भएको थियो ।

    यता काठमाडौंमा भने कालिमाटीस्थित स्वर्णलक्ष्मी सहकारी ठगी प्रकरणमा पनि उनीविरु मुद्दा दायर भएको छ ।

    गत आइतबार ३९ जनालाई प्रतिवादी बनाउँदै सहकारी ठगी र संगठित अपराधको कसुरमा मुद्दा दायर भएको थियो । यो सहकारीले ६९० बचतकर्ताको १ अर्ब १९ करोड ३० लाख ९० हजार ४९३ रुपैयाँ हिनामिना गरेको आरोप छ ।

    स्वर्णलक्ष्मी सहकारी ठगीमै पक्राउ परेका सहकारीको लेखा समिति सदस्य सुनिता नेवा चार लाख र सञ्चालक समिति सदस्य कमल लामा तीन लाख धरौटी बुझाएर गत मंगलबार नै रिहा भइसकेका छन् ।

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij