२०८३, आश्विन २५ गते

Oct 11 2026

images
images

स्थलमार्गबाट काठमाडौं आउँदै रवि, प्रवक्ता भन्छन्– सबैलाई हवाई टिकट पाइएन

स्थलमार्गबाट काठमाडौं आउँदै रवि, प्रवक्ता भन्छन्– सबैलाई हवाई टिकट पाइएन

स्थलमार्गबाट काठमाडौं आउँदै रवि, प्रवक्ता भन्छन्– सबैलाई हवाई टिकट पाइएन

स्थलमार्गबाट काठमाडौं आउँदै रवि, प्रवक्ता भन्छन्– सबैलाई हवाई टिकट पाइएन

स्थलमार्गबाट काठमाडौं आउँदै रवि, प्रवक्ता भन्छन्– सबैलाई हवाई टिकट पाइएन
लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
शुक्रवार, पौष २६ २०८१
शुक्रवार, पौष २६ २०८१

  • काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने स्थलमार्ग हुँदै काठमाडौं आउने भएका छन् । पार्टीका कार्यबाहक प्रवक्ता मनीष झाका अनुसार लामिछाने बिहान १० बजे नै स्थलमार्ग हुँदै पोखराबाट हिंडिसकेका छन् ।

    ‘उहाँ स्थलमार्ग हुँदै काठमाडौं जानुभएको छ,’ कार्यबाहक प्रवक्ता झाले भने, ‘अदालतमा जतिसक्दो चाँडो उपस्थित हुने गरी उहाँ हिंड्नुभएको छ ।’

     

    हवाइ मार्गबाटै जाने तयारी भएपनि नेता कार्यकर्ताको ठूलो समूह भएकाले रवि स्थलमार्गबाट काठमाडौं आउन लागेका हुन् ।

    ‘धेरै ठूलो समूह भयो, गाडी मै जाऔं म पनि सँगै जान्छु भन्नुभयो,’ सभापति लामिछानेको भनाइ उद्धृत गर्दै झाले भने, ‘यत्रो दिनको साथ पाएँ, अब म छुटेँ, तपाईंहरू चाहिँ बस्नुस् भन्ने कुरा पनि भएन ।’

     

    झासहितका केही नेताहरू भने म्याग्दी, पर्वत लगायतका केही जिल्लामा आयोजित कार्यक्रमका लागि उतै बसेका छन् ।

    गत २ कात्तिकमा काठमाडौंबाट पक्राउ परेका लामिछानेलाई कास्की प्रहरीको हिरासतमा राखिएको थियो । कास्कीको सूर्यदर्शन सहकारी लगायतमा परेको मुद्दाको अनुसन्धानका लागि प्रहरीले पक्राउ गरेको थियो ।

     

    जिल्ला अदालत कास्कीका न्यायाधीश नीतिज राईको इजलासले उनलाई हिजो बिहीबार ६५ लाख धरौटीमा रिहा गर्न आदेश दिएको थियो ।

     

    आदेशलगत्तै उनले बिहीबार साँझ नै बैंक ग्यारेन्टीमार्फत धरौटी रकम बुझाएका थिए । धरौटी बुझाएपछि रविलाई प्रहरीले काठमाडौं जिल्ला अदालतमा उपस्थित हुने शर्तमा परिवारको जिम्मा लगाएको थियो ।

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij