२०८३, आश्विन २५ गते

Oct 11 2026

images
images

संसद् बन्धक बनाएर अध्यादेश ल्याउने विषयमा कांग्रेस नेताकाे असहमति

संसद् बन्धक बनाएर अध्यादेश ल्याउने विषयमा कांग्रेस नेताकाे असहमति

संसद् बन्धक बनाएर अध्यादेश ल्याउने विषयमा कांग्रेस नेताकाे असहमति

संसद् बन्धक बनाएर अध्यादेश ल्याउने विषयमा कांग्रेस नेताकाे असहमति

संसद् बन्धक बनाएर अध्यादेश ल्याउने विषयमा कांग्रेस नेताकाे असहमति
लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
आइतवार, पौष २८ २०८१
आइतवार, पौष २८ २०८१
  • काठमाडौं । नेपाली कांग्रेसका नेता एनपी साउदले दुईतिहाइ बहुमतको सरकारले अध्यादेशमार्फत कानुन बनाउनु सकारात्मक पक्ष नभएको बताएका छन् । 

    रिपोर्टर्स क्लब नेपाल, लुम्बिनी प्रदेश कार्यालय बुटवलले आइतबार आयोजना गरेको साक्षात्कारमा बोल्दै साउदले संसद् छलेर अध्यादेशमार्फत गएका कुराहरूले स्थायित्व दिन नसक्ने समेत बताए । बहुमत हुँदा पनि संसद् बैठक नचलाएर बन्धक बनाउन खोज्दै अध्यादेशमार्फत कानुन बनाउँदा चौतर्फी प्रश्न उठेको उनले बताए । 

    उनले अध्ययादेशमार्फत ल्याइएका विषयवस्तुमा विपक्षी दलको पनि समर्थन हुने खालका विषय भए पनि संसद्मा नलैजाँदा प्रश्न उठेको तर्क गरे । साउदले केपी शर्मा ओली नेतृत्वको सरकारलाई नेपाली कांग्रेसले साथ दिएको बताउँदै सरकारले तदनुसारका क्रियाकलाप नगरेको गुनासो गरे । 

    दुई दलबीचको न्यूनतम साझा सहमति कार्यान्वयन नभएको गुनासो आइरहेको भन्दै पूर्ण पालना गर्न उनले सुझाव समेत दिए । 

    नेता साउदले संविधानलाई उन्नत बनाउने विषयमा राष्ट्रिय सहमति कायम गरेर परिणाम आउने गरी काम गर्नुपर्नेमा जोड दिए । संविधान संशोधनसम्बन्धी सञ्चारकर्मीको प्रश्नमा उनले अब संविधान सबैले सर्वस्वीकार्य हुने र अपनत्व गर्नेगरी संशोधन गर्ने वेला आएको बताए । 

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij