२०८३, आश्विन २५ गते

Oct 11 2026

images
images

उथलपुथलको सम्भावना छ, विपक्षीहरू एक बनौं : माधव नेपाल

उथलपुथलको सम्भावना छ, विपक्षीहरू एक बनौं : माधव नेपाल

उथलपुथलको सम्भावना छ, विपक्षीहरू एक बनौं : माधव नेपाल

उथलपुथलको सम्भावना छ, विपक्षीहरू एक बनौं : माधव नेपाल

उथलपुथलको सम्भावना छ, विपक्षीहरू एक बनौं : माधव नेपाल
लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
बुधवार, माघ २ २०८१
बुधवार, माघ २ २०८१
  • काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले मुलुकमा उथलपुथलको सम्भावना रहेको बताएका छन् ।

    बुधबार सिंहदरबारमा बसेको विपक्षी दलहरूको बैठकमा अन्तर्राष्ट्रिय परिस्थितिको चर्चा गर्दै उथलपुथलबाट जोगिन विपक्षी दलहरू एक हुनुपर्ने भनाइ उनले राखेका थिए ।

    बैठकमा सहभागी एक नेताले बताए अनुसार, आजको बैठकमा सबैभन्दा धेरै समय लिएर नेपालले नै बोलेका थिए ।

    झण्डै दश मिनेट आफ्ना कुरा ब्रिफिङ गरेका उनले बंगलादेश, दक्षिण कोरिया, श्रीलंका लगायतका देशमा देखिएको असन्तुष्टि नेपालमा पनि भित्रभित्रै बढ्दै गएको पनि बताएका छन् ।

    ‘अन्तर्राष्ट्रिय परिस्थिति र नेपालभित्रकौ परिस्थितिले पनि उथलपुथलको सम्भावना छ । असन्तुष्टि भित्रभित्रै चरम रुपमा बढेको छ,’ अध्यक्ष नेपालले बोलेको भनाइ उद्धृत गर्दै एक नेताले भने, ‘यसलाई विपक्षी दलहरू मिलेर राजनीतिक रुपमा सेटल गर्नुपर्छ । अन्यथा अर्को लाइनमा जान सक्छ । मुलुकमा अर्को अप्ठेरो आउनसक्छ ।’

    संविधान संशोधन, धार्मिक गतिविधि, शासकीय स्वरुप लगायतका विषयमा गम्भीर हुनुपर्ने भन्दै उनले सबै विषयलाई एउटै डालोमा हालेर मुलुकलाई अर्को ट्रयाकमा लाने प्रयास हुनसक्ने बताए ।

    ‘धेरैवटा विषयलाई एउटै डालोमा हालेर लिने प्रवृत्ति बढेकाले पनि मुलुक अर्को ट्र्याकमा जानसक्छ,’ नेपालले भनेका छन् ।

    उथलपुथलबाट रोक्न अब विपक्षी दलहरू एक हुनुपर्ने बताउँदै उनले अन्य साना दलहरूलाई विपक्षी मोर्चामा ल्याउनेबारे भइरहेको प्रयास पनि चर्चा गरेका थिए ।

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij