२०८३, आश्विन २५ गते

Oct 11 2026

images
images

सरकारले संसद्को मानहानी गर्‍यो : वर्षमान पुन

सरकारले संसद्को मानहानी गर्‍यो : वर्षमान पुन

सरकारले संसद्को मानहानी गर्‍यो : वर्षमान पुन

सरकारले संसद्को मानहानी गर्‍यो : वर्षमान पुन

सरकारले संसद्को मानहानी गर्‍यो : वर्षमान पुन
लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
बुधवार, माघ २ २०८१
बुधवार, माघ २ २०८१
  •  काठमाडौं । पूर्वअर्थमन्त्री वर्षमान पुनले समितिमा छलफल भइरहेका विधेयकलाई अध्यादेशमार्फत् ल्याएर सरकारले संसद्को मानहानी गरेको आरोप लगाएका छन् ।

    बुधबार प्रतिनिधिसभा अन्तर्गतको अर्थसमिति बैठकमा बोल्दै पूर्वअर्थमन्त्री पुनले यसबारे सरकारको ध्यानाकर्षण पनि गरेका छन् ।

    आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व विधेयक, २०७६ संशोधन गर्न बनेको विधेयक संसद्म प्रस्तुत भएर समितिमा हुँदाहुँदै सरकारले अध्यादेश ल्याएकोमा उनको आपत्ति थियो ।

    ‘सरकारले चार वटा अध्यादेश जारी गरेको छ । आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व विधेयक २०७६ संशोधन गर्न बनेको विधेयक संसदमा प्रस्तुत भएर समितिमा छ,’ उनले भने, ‘समिति बैठकको कार्यसूचीमा वितरण पनि भएको थियो । फिर्ता पनि लिएको छैन । फिर्ता लिने प्रक्रियाहरू मिचेर सरकारले जसरी अध्यादेश जारी गरेको छ । यो संवैधानिक व्यवस्था विपरीत छ । अर्कोतिर संसद्को मानहानी र कार्यक्षेत्र माथि हस्तक्षेप भएको छ ।’

    समितिले पनि यो विषयमा चासो राख्नुपर्ने बताउँदै पुनले सरकारले जनप्रतिनिधिलाई नै हेप्ने काम गरेको जिकिर गरे ।

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij