२०८३, आश्विन २५ गते

Oct 11 2026

images
images

जलवायुले पुर्‍याएको क्षतिपूर्ति नेपालले पाउनुपर्छ : शेखर कोइराला

जलवायुले पुर्‍याएको क्षतिपूर्ति नेपालले पाउनुपर्छ : शेखर कोइराला

जलवायुले पुर्‍याएको क्षतिपूर्ति नेपालले पाउनुपर्छ : शेखर कोइराला

जलवायुले पुर्‍याएको क्षतिपूर्ति नेपालले पाउनुपर्छ : शेखर कोइराला

जलवायुले पुर्‍याएको क्षतिपूर्ति नेपालले पाउनुपर्छ : शेखर कोइराला
लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
बिहिवार, माघ ३ २०८१
बिहिवार, माघ ३ २०८१

  •  काठमाडौं। बेलायत भ्रमणमा रहेका नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले जलवायु परिवर्तनले नेपाललाई समस्या परेको विषय उठाएका छन् ।

    बेलायती संसदको नेपाल हेर्ने सर्वदलीय संसदीय समितिका अध्यक्ष अलेक्स बेकरसँगको भेटघाटमा नेता कोइरालाले उक्त विषय उठाएका हुन्। जलवायु परिवर्तनले नेपालमा हिमश्रृंखलाहरु नाङ्गो हुँदै गएको भेटमा कोइरालाले बताए।  पानीका मुहानहरु सुक्नुका साथै बालीनाली र पशुपालनमा समेत प्रत्यक्ष असर देखिएको कोइरालाले उल्लेख गरे ।

    ‘जलवायु परिवर्तनका कारण नेपाल संकटमा छ । हिउँ पग्लेर हिमालहरु कुरुप बनिरहेका छन्,’ अध्यक्ष केशरसँगको भेटमा कोइरालाले भने, ‘जलवायु परिवर्तनका कारण नेपालले जुन क्षति व्यहोरिरहेको छ त्यसका लागि नेपालले क्षतिपूर्ति पाउनुपर्छ ।’

    कोइरालाले ब्रिटिस एअरवेजको लण्डन–काठमाडौं सिधा हवाई उडानको वातावरण मिलाउन बेकरसँग आग्रह गरे । नेपाल पर्यटकका लागि आकर्षक गन्तव्य भएको उल्लेख गर्दै कोइरालाले भने, ‘ब्रिटिस एअरवेजको लण्डन–काठमाडौं सिधा हवाई उडान हुन सकेमा बेलायतबाट नेपाल जाने पर्यटकका लागि सहज हुनेछ ।’

     

    कोइरालाले भूतपूर्व गोर्खा सैनिकहरुको सेवा सुविधा समस्याको समाधानका लागि पनि बेलायत सरकार गम्भीर हुनुपर्ने विषयमा जोड दिए । बेकरले आफ्नो तर्फबाट सक्दो सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरिन् ।

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij