गुल्मी । नेकपा माओवादी केन्द्र गुल्मीको धुर्कोट गाउँ कमिटी तेस्रो अधिवेशनले सर्वसम्मत रूपमा नेतृत्व चयन गरेको छ । अध्यक्षमा पुन दोस्रो पटक चेतमान कुवर सर्वसम्मत चयन भएका छन् ।
त्यस्तै उपाध्यक्षमा राजन पोखरेल , विष्णु सुनार , टिकाराम विश्वकर्मा र तारा खनाल सर्वसम्मत चयन भएका छन् । सचिवमा कोष बहादुर थापा , सहसचिवमा क्रमशः कृष्ण अधिकारी , शान्ता पाण्डे सरस्वती गैरे भण्डारी र कोषाध्यक्ष रमिला पुरी सर्वसम्मत निर्वाचित भएका छन् ।
पदाधिकारी सहित ४५ धुर्कोट गाउँ कमिटी गठन भएको नवनिर्वाचित उपाध्यक्ष राजन पोख्रेलले जानकारी दिए । हिजो अधिवेशनको केन्द्रीय उपाध्यक्ष तथा पूर्व मन्त्री पम्फा भुसालले उद्घाटन गरेकी थिइन ।
अधिवेशनमा केन्द्रीय सदस्य निम बहादुर पाण्डे , वीर बहादुर कार्की , लुम्बिनी प्रदेश सचिवालय सदस्य बुद्धि जिसी , जिल्ला पार्टी संयोजक तेजेन्द्र सलामी , लुम्बिनी प्रदेश सदस्य भूपाल पोख्रेल लगायतले सम्बोधन गरेका थिए ।
जिल्लाका १२ पालिका मध्ये गुल्मी दरबारमा पहिलो र धुर्कोटमा दोस्रो गाउँ कमिटी अधिवेशन सम्पन्न भएको सो पार्टीले जनाएको छ ।




