काठमाडाैं |एमालेसँग सत्ता सहकार्यको सहमतिपछि नेपाली काङ्ग्रेसका सभापति शेरबहादुर देउवाले पदाधिकारी बैठक बोलाएका छन् । बैठक आज बिहान ९ बजे सभापति देउवाको निवास बूढानीलकण्ठमा बस्ने मुख्य सचिव कृष्ण पौडेलले जानकारी दिए ।
बैठकमा नेकपा एमालेसँग सत्ता साझेदारीमा भएको समझदारीलाई अनुमोदन गर्ने विषयमा छलफल हुने बताइएको छ ।
कांग्रेस–एमालेबीच सोमबार मध्यरातमा सत्ता साझेदारी गर्ने र सरकारको नेतृत्वको आलो–पालो गर्ने समझदारी भएको थियो ।
संविधान संशोधन, निर्वाचन प्रणालीमा सुधारसहित अर्थतन्त्र सुधारमा काम गर्ने प्रतिवद्धतासहित एमाले अध्यक्ष केपी शर्मा ओली र कांग्रेस सभापति शेरबहादुर देउवाले सोमबार राति सहमति पत्रमा हस्ताक्षर गरेका हुन् ।
यो पनि पढ्नुहोस
ओलीको नेतृत्वमा सरकार बनाउन कांग्रेस र एमालेबीच सहमति , प्रदेश भागबन्डामा लुम्बिनी एमालेलाई
सरकार गठनकाे सम्भावित उल्झनबारे राष्ट्रपतिसँग कांग्रेस-एमालेले लिए परामर्श
एमालेका मन्त्रीहरुलाई ओलीले बोलाए बालकोट




