२०८३, आश्विन २५ गते

Oct 11 2026

images
images

सुप्रिम सहकारी ठगी प्रकरण : रवि लामिछानेको थुनछेक बहस जारी

सुप्रिम सहकारी ठगी प्रकरण : रवि लामिछानेको थुनछेक बहस जारी

सुप्रिम सहकारी ठगी प्रकरण : रवि लामिछानेको थुनछेक बहस जारी

सुप्रिम सहकारी ठगी प्रकरण : रवि लामिछानेको थुनछेक बहस जारी

सुप्रिम सहकारी ठगी प्रकरण : रवि लामिछानेको थुनछेक बहस जारी
लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
बिहिवार, माघ १० २०८१
बिहिवार, माघ १० २०८१
  • बुटवल। रुपन्देही जिल्ला अदालतमा सुप्रिम सहकारी ठगी प्रकरणको आरोप लागेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवम् पूर्वगृहमन्त्री रवि लामिछानेको बहस सुरु भएको छ ।

    कार्यालय सुरु भएसँगै लामिछाने उपस्थित भएपछि अदालतमा बहस सुरु भएको श्रेस्तेदार यज्ञमूर्ति ज्ञवालीले जानकारी दिए ।

    बुधबार बयानमात्रै सकिएर थुनछेक बहस नभएपछि उनलाई परिवार र वकिलको जिम्माजमानीमा छाडिएको थियो । सोही अनुसार लामिछाने बिहीबार अदालतमा उपस्थित भएका हुन् । उनको मुद्दा जिल्ला न्यायाधीश प्रल्हादकुमार योगीको इजलासमा रहेको छ ।

    पक्ष-विपक्षका वकिलहरुले बहस गरेपछि आदेश आउने छ । बहस आजै सकिने वा नसकिने भन्न नसकिने श्रेस्तेदार ज्ञवालीको भनाइ छ ।

    लामिछानेसहित २२ जनाविरुद्ध ६ माघमा पूरक अभियोजन दर्ता भएको थियो । उनीहरुलाई ठगी र संगठित अपराध कसुरको मुद्दा लगाइएको छ ।

    सुप्रिम सहकारीमा जम्मा ४२ जना प्रतिवादी भएका छन् । पुरक अभियेजनामा १४ जना प्रतिवादी बनेका छन् । २ करोड रुपैयाँ रवि लामिछानेको नाममा गएको उल्लेख भौचर समेत बरामद भएको थियो । यो ऋण १८ चैत २०७७ मा स्वीकृत भएको थियो र ४ लाख सेवा शुल्क कटाएर १ करोड ९६ लाख रुपैयाँ गोर्खा मिडिया नेटवर्कको ग्लोबल आईएमई बैंकको भौचर मार्फत जम्मा भएको खुलेको थियो ।

    यसअघि रवि गृहमन्त्री रहेकै बेला सुप्रिमको मुद्दा ३ वैशाखमा अदालतमा दर्ता भएको थियो । त्यतिबेला एक हजार ८३१ बचतकर्ताको ८६ करोड १८ लाख २३ हजार ७५४ रूपैयाँ हिनामिना गरेको दाबी गर्दै २८ जनाविरुद्ध मुद्दा दायर भएको थियो ।

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij