२०८३, आश्विन २५ गते

Oct 11 2026

images
images

द्वन्दको घाउँ सधैकालागि मेटाउनेगरी परिपुरणका योजना कार्यान्वयनमा आउछनः मुख्यमन्त्री आचार्य

द्वन्दको घाउँ सधैकालागि मेटाउनेगरी परिपुरणका योजना कार्यान्वयनमा आउछनः मुख्यमन्त्री आचार्य

द्वन्दको घाउँ सधैकालागि मेटाउनेगरी परिपुरणका योजना कार्यान्वयनमा आउछनः मुख्यमन्त्री आचार्य

द्वन्दको घाउँ सधैकालागि मेटाउनेगरी परिपुरणका योजना कार्यान्वयनमा आउछनः मुख्यमन्त्री आचार्य

द्वन्दको घाउँ सधैकालागि मेटाउनेगरी परिपुरणका योजना कार्यान्वयनमा आउछनः मुख्यमन्त्री आचार्य
लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
सोमवार, माघ १४ २०८१
सोमवार, माघ १४ २०८१
  • दाङ। लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले सरकारले द्वन्दको घाउँ सधैकालागि मेटाउनेगरी परिपुरण लगायतका कामलाई सरकारले प्राथमिकतामा राखेको बताएका छन ।

    अमर प्रहरी परिवार र असक्त प्रहरी संघ लुम्बिनी प्रदेश समिति संगको छलफलमा मुख्यमन्त्री आचार्यले संघीय सरकारले परिपुरणको कामलाई अघि बढाउने र प्रदेश सरकारले द्वन्द पिडितको उपचार र उद्यमशिलतालाई प्राथमिकतामा राखेर कार्यक्रम सञ्चालन गरिने बताएका हुन ।

    ‘द्वन्दको घाउँ सधैंकालागि मेटाउनेगरी सरकारले काम अघि बढाएको छ । कानूनी रुपमानै यो समस्या समाधान गर्न सरकारले विधेयक समेत पारित गरेर कार्यान्वयन चरणमा पु¥याएको छ’मुख्यमन्त्री आचार्यले भने,‘प्रदेश स्थापना भएदेखिनै द्वन्द पिडित र तिनका परिवारका सदस्यको उपचार निःशुल्क गर्ने, उत्पादन संग जोड्न सिपमुलक तालिम सञ्चालन गरिएका छन् । यसबाट पनि यहाँहरुले लाभ लिनुभयो होला भन्ने लागेको छ ।’


    द्वन्द पिडितको समस्या समाधान गर्न संघीय सरकारले काम गरिरहेको र सत्य निरुपण तथा मेलमिलाप आयोग गठनको कामलाई पनि सहमतीको आधारमा अघि बढाउने प्रयत्न सरकारले गरेको भनाई उनकाे छ ।‘यही सरकारलेनै ठिआएरसी विधेयक ल्यायो । त्यसलाई कार्यान्वयन गर्न आयोग बनाउने काममा पनि ध्यान दिएको छ । सहमतीको आधारमा यो समस्या समाधान गर्न सरकारले पहल लिएको कुरा यहाँहरुलाई थाहा छदैछ’मुख्यमन्त्री आचार्यले भने,‘लुम्बिनी प्रदेश द्वन्दबाट प्रभावित भएको र धेरै क्षती व्यहोरेको मध्यमा पर्छ । सरकारले परिपुरणको योजना निर्माण गरेर अघि बढ्छ ।’

    संस्थापक अध्यक्ष तथा संरक्षक नवराज श्रेष्ठ र कोषाध्यक्ष हरी सुनारले परिपुरणका योजना संग जोडिएका बिषयहरु समेटिएको ज्ञापनपत्र समेत बुझाएका थिए । विभिन्न उपयुक्त स्थानमा सहिद स्मारकर शान्ति पार्क निर्माण, आर्थिक सहायता लगायका बिषयहरु समेटिएका छन् ।

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij