२०८३, आश्विन २५ गते

Oct 11 2026

images
images

चितवनमा रवि लामिछानेसहित चारजनाविरुद्ध संगठित अपराधमा मुद्दा चलाउने राय

चितवनमा रवि लामिछानेसहित चारजनाविरुद्ध संगठित अपराधमा मुद्दा चलाउने राय

चितवनमा रवि लामिछानेसहित चारजनाविरुद्ध संगठित अपराधमा मुद्दा चलाउने राय

चितवनमा रवि लामिछानेसहित चारजनाविरुद्ध संगठित अपराधमा मुद्दा चलाउने राय

चितवनमा रवि लामिछानेसहित चारजनाविरुद्ध संगठित अपराधमा मुद्दा चलाउने राय
लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
सोमवार, माघ १४ २०८१
सोमवार, माघ १४ २०८१
  • बुटवल ।  जिल्ला प्रहरी कार्यालय चितवनले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति एवं गोर्खा मिडिया नेटवर्कका तत्कालीन प्रबन्ध निर्देशक रवि लामिछानेसहित १४ जनाविरुद्धको पूरक अभियोजनका निम्ति अनुसन्धान प्रतिवेदन बुझाएको छ ।

    जिल्ला सरकारी वकिल कार्यालयमा बुझाइएको प्रतिवेदनमा लामिछानेसहित गोर्खा मिडियाका तत्कालीन सञ्चालक एवं पूर्वडीआईजी छविलाल जोशी, तत्कालीन अध्यक्ष गितेन्द्रबाबु (जीबी) राई र रामबहादुर खनालविरुद्ध संगठित अपराधमा मुद्दा चलाउनुपर्ने प्रहरीको राय छ ।

    भरतपुरस्थित सहारा चितवन बहुउद्देश्यीय सहकारी संस्थाको कुल ३८ करोड नौ लाख ७९ हजार रुपैयाँ बचत अपचलन भएको प्रहरी अनुसन्धाबाट खुलेको छ ।

    गएको असोज ८ गते जिल्ला सरकारी वकिल कार्यालयले बचतकर्ताको रकम हिनामिना भएको दाबीसहित चितवन जिल्ला अदालतमा मुद्दा दायर गरेको थियो । सरकारी वकिलले नेपाल राष्ट्र बैंकको निर्देशनसहितका विषयमा थप अनुसन्धान गरी पूरक अभियोजन ल्याउने प्रतिबद्धता जनाएको थियो ।

    प्रतिबद्धताअनुसार लिखित रूपमा यी यी विषयमा अनुसन्धान गर्नू भन्दै जिल्ला सरकारी वकिल कार्यालयले प्रहरीलाई पत्राचार गरेको थियो । खोज्नू भनिएका सबै विषयमा अनुसन्धान नगरी प्रहरीले प्रतिवेदन बुझाएको थियो । त्यसपछि जिल्ला सरकारी वकिलले उक्त प्रतिवेदन फिर्ता पठाउँदै थप अनुसनधानका निम्ति निर्देशन दिएको थियो ।

    निर्देशनबमोजिमको अनुसन्धान पूरा गरी चितवन प्रहरीले लामिछानेसहित १४ जनालाई प्रतिवादी बनाउने रायको प्रतिवेदन आइतबार (हिजो) जिल्ला सरकारी वकिल कार्यालयमा बुझाएको हो । लामिछानेसहितका प्रतिवादीबाट पाँच करोड ७९ लाख ८३ हजार रुपैयाँ दुरुपयोग भएको प्रहरी प्रतिवेदनमा उल्लेख छ ।

    पूरक अभियोजनका कारण लामिछानेसहितको अभियोगमा मुद्दा चलाउन सरकारी वकिललाई हदम्यादको ‘प्रेसर’ छैन । त्यही कारण आउँदा बिदा सकाएर यही माघ २० वा २२ गते पूरक अभियोजन लैजाने तयारी रहेको जिल्ला सरकारी वकिल कार्यालय चितवनका प्रमुख शान्तिप्रसाद लुइँटेलले जानकारी दिए ।

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij