२०८३, आश्विन २६ गते

Oct 12 2026

images
images

पोखरा महानगरपालिकामा अख्तियारको छापा, मणिपालसम्बद्ध फाइल जफत

पोखरा महानगरपालिकामा अख्तियारको छापा, मणिपालसम्बद्ध फाइल जफत

पोखरा महानगरपालिकामा अख्तियारको छापा, मणिपालसम्बद्ध फाइल जफत

पोखरा महानगरपालिकामा अख्तियारको छापा, मणिपालसम्बद्ध फाइल जफत

पोखरा महानगरपालिकामा अख्तियारको छापा, मणिपालसम्बद्ध फाइल जफत
लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
मंगलवार, आषाढ १९ २०८१
मंगलवार, आषाढ १९ २०८१
  • पोखरा । पोखरा महानगरपालिकाको कार्यालयमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले छापा हानेको छ ।

    मणिपाल शिक्षण अस्पताललाई नियम विपरीत १९ करोड ८१ लाख छुट दिइएको विषयमा उजुरी परेपछि छानबिनका लागि कागजात जफत गर्न मंगलबार अख्तियारको टोली महानगरपालिकाको कार्यालय पसेको हो ।

    अख्तियारले मणिपाल अस्पतालसँग सम्बन्धित राजस्व छुट दिनेसम्बन्धी महानगरपालिकाको कार्यपालिकाको बैठकको निर्णय र अन्य सबै फाइल नियन्त्रणमा लिएको हो ।

    महानगरपालिकाको २०७९ चैत १० गते बसेको १६ औं बैठकले १ करोड ७५ लाख ५३ हजार रुपैयाँ मात्र राजस्व लिएर नक्सा पास दिने निर्णय गरेको थियो ।

    त्यसपछि मणिपालले नक्सापास एवं भवन निर्माण सम्पन्न प्रमाणपत्रबापत १९ करोड ८१ लाख ११ हजार रूपैयाँ छुट पाएको थियो ।

    मणिपाल अस्पतालले बनाएका भवनको नक्सापास र जरिवानासहित २१ करोड ५७ लाख ११ हजार ७९८ रूपैयाँ राजस्व असुल गर्न अख्तियारको २०७६/७७ को अन्तिम प्रतिवेदनले भनेको थियो ।

    २०७९/८० को महालेखाको प्रतिवेदनले मणिपाललाई भारी छुट दिइएकोमा प्रश्न उठाएपछि यो विषय बाहिर आएको थियो ।

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij