२०८३, आश्विन २५ गते

Oct 11 2026

images
images

प्रधानमन्त्री ओलीले भने : भ्रष्टाचार नियन्त्रण गर्ने कुरा स्टन्टबाजी होइन

प्रधानमन्त्री ओलीले भने : भ्रष्टाचार नियन्त्रण गर्ने कुरा स्टन्टबाजी होइन

प्रधानमन्त्री ओलीले भने : भ्रष्टाचार नियन्त्रण गर्ने कुरा स्टन्टबाजी होइन

प्रधानमन्त्री ओलीले भने : भ्रष्टाचार नियन्त्रण गर्ने कुरा स्टन्टबाजी होइन

प्रधानमन्त्री ओलीले भने : भ्रष्टाचार नियन्त्रण गर्ने  कुरा स्टन्टबाजी होइन
लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
बुधवार, माघ १६ २०८१
बुधवार, माघ १६ २०८१
  •  काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले भ्रष्टाचार नियन्त्रणका लागि सरकारले काम गरिरहेको बताएका छन् ।

    बुधबारदेखि काठमाडौंमा सुरु भएको प्रथम युवा कानुन व्यवसायी सम्मेलनको शुभारम्भ गर्दै उनले यस्तो बताएका हुन् ।

    उनले भ्रष्टाचार नियन्त्रण गर्नैपर्ने भन्दै आफूले थाहा पाएसम्म भ्रष्टाचार हुन नदिने र भए नियन्त्रण गर्ने बताए ।

    उनले भ्रष्टाचार नियन्त्रण गर्नेकुरा स्टन्टबाजी नभएको बताए । उनले आफ्नो श्रीमती (राधिका शाक्य) को नाममा स्वीट्जरल्यान्डको बैंकमा ४१ करोड डलर छ भन्ने भ्रमपूर्ण प्रचार गरिएको भन्दै आपत्ति जनाए ।

    ‘भ्रष्टाचार नियन्त्रण गर्नै पर्दछ । अहिलेको वर्तमान सरकार जसको नेतृत्व मैले गरिरहेको छु । यस सरकारले म भ्रष्टाचार गर्दिन, अरूलाई पनि गर्न दिन्न भनेको छ । थाहा पाएसम्म, जाने बुझेसम्म । कहाँ कहाँ भएको छ कहाँ कहाँ भएको छ । मुसाले कहाँ कहाँ प्वाल पार्छ थाहा पाए त हो । त्यसकारण थाहा पाएसम्म भ्रष्टाचार हुन दिन्न । भए नियन्त्रण गर्दछु । यो स्टन्टबाजी होइन,’ उनले भने ।

    उनले अगाडि भने, ‘हुन त हिजो बिहान यसो फेसबुक खोलेर हेरेको हिन्दीमा एक जनाले भनिरहेका थिए, नेपालका प्रधानमन्त्री केपी शर्मा ओली पत्नी राधिका शाक्यको नाममा स्विट्जरल्यान्डको बैंकमा ४१ करोड डलर छ । सुन्दा रिस उठ्नुपर्ने अब त रिस उठ्न पनि छोड्यो । मजा लाग्छ । यस्तो भन्नेहरू त धर्तीमा एकै खालका मान्छेहरु हुँदो रहेनछ क्या ।’

    प्रधानमन्त्री ओलीले देश र जनताप्रति निष्ठा राखेर र इमान्दार भएर काम गर्ने बताए ।

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij