२०८३, आश्विन २६ गते

Oct 12 2026

images
images

सबै मधेसवादी दलहरू नयाँ सत्ता गठबन्धनमा !

सबै मधेसवादी दलहरू नयाँ सत्ता गठबन्धनमा !

सबै मधेसवादी दलहरू नयाँ सत्ता गठबन्धनमा !

सबै मधेसवादी दलहरू नयाँ सत्ता गठबन्धनमा !

सबै मधेसवादी दलहरू नयाँ सत्ता गठबन्धनमा !
लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
मंगलवार, आषाढ १९ २०८१
मंगलवार, आषाढ १९ २०८१
  • काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकार उथलपुथल हुने गरी बनेको नयाँ सत्ता गठबन्धनमा मधेस केन्द्रित सबै दलहरू सामेल हुने सम्भावना देखिएको छ ।

    एक अर्काबिच तिक्ततापूर्ण राजनीति गरिरहेका उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी नेपाल (जसपा) र सिके राउत नेतृत्वको जनमत पार्टीले नयाँ सत्ता साझेदारीमा सामेल हुने सङ्केत गरेसँगै यस्तो सम्भावना देखिएको हो । 


    यादवले नेपाली कांग्रेस र नेकपा (एमाले) बिच सहमति भई बनेको नयाँ गठबन्धनलाई साथ दिने घोषणा गरिसकेका छन् । उनले परिवर्तित अवस्थामा बनेको गठबन्धनलाई साथ रहने बताए । यसअघि जसपाले कांग्रेस नेतृत्वको विपक्षी गठबन्धनमा आबद्ध थियो । 


    डा.सीके राउत नेतृत्वको जनमत अहिलेको नयाँ गठबन्धनमा जोडिने भएको छ । मधेस प्रदेशको सरकारलाई निरन्तरता दिन यो दल सत्ता गठबन्धनसँग मिल्नेछ ।


    यसअघि माओवादी–एमाले गठबन्धनमा रहेर मधेस प्रदेशको मुख्यमन्त्री पद पोल्टामा पारेको जनमत आफ्नो शक्ति कायम राख्न चाहन्छ ।  


    जनमतका उपाध्यक्ष ई.दीपक साहले आफ्नो दलको नेतृत्वमा रहेको मधेस सरकारलाई निरन्तरता दिनेबारे कुरा भइरहेको बताए ।


    ‘कांग्रेस–एमाले गठबन्धनमै पार्टी रहने लगभग निश्चित छ’, उनले भने । यद्यपि  पार्टीमा यसबारे छलफल हुन बाँकी रहेको उनले बताए । 


    यस्तै महन्थ ठाकुर नेतृत्वको लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) र अशोक राई नेतृत्वको जनता समाजवादी पार्टीले कांग्रेस–एमाले गठबन्धनलाई सघाउने भएका छन् ।

    लोसपाका महासचिव मनिष मिश्रले बदलिँदो परिस्थितिबारे पार्टीमा छलफल हुन बाँकी भए पनि कांग्रेस–एमाले गठबन्धनप्रति आफ्नो दल सकारात्मक रहेको बताए ।


    लोसपा पछिल्लो समय कांग्रेस नेतृत्वको विपक्षी गठबन्धनमा थियो । कांग्रेसले प्रचण्ड सरकार विस्थापन गरी एमाले अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा नयाँ सरकार बनाउने समझदारी गरेसँगै यो दल स्वतः नयाँ गठबन्धनमा आबद्ध हुने देखिएको छ ।


    राई नेतृत्वको जसपा कांग्रेस–एमाले गठबन्धनप्रति सकारात्मक देखिएको छ । पार्टी महासचिव इस्तियाक राईले बदलिँदो नयाँ राजनीतिक परिस्थितिको बारेमा छलफल गर्न  पार्टीमा छलफल चलिरहेको बताए । 


    यसले पहिलो पटक सबै मधेस केन्द्रीकृत दलहरू एउटै गठबन्धनमा अट्ने सम्भावना बलियो बनेको हो । कांग्रेस–एमालेबिच मधेस प्रदेश सरकारको नेतृत्व मधेसवादी दललाई दिने समझदारी भइसकेको छ ।

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij