२०८३, आश्विन २५ गते

Oct 11 2026

images
images

विपक्षी दलहरूको संयुक्त बैठक जारी

विपक्षी दलहरूको संयुक्त बैठक जारी

विपक्षी दलहरूको संयुक्त बैठक जारी

विपक्षी दलहरूको संयुक्त बैठक जारी

विपक्षी दलहरूको संयुक्त बैठक जारी
लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
बिहिवार, माघ १७ २०८१
बिहिवार, माघ १७ २०८१
  • काठमाडौं । विपक्षी दलहरूको बैठक सुरु भएको छ । सिंहदरबारस्थित नेकपा (माओवादी केन्द्र) को संसदीय दलको कार्यालयमा बैठक जारी छ ।

    संसद्को दिउँदे अधिवेशन शुक्रबारदेखि सुरु हुने भएकोले त्यसैको तयारीका लागि विपक्षी दल जुटेका हुन् ।

    सरकारले लामो समय संसद नबोलाएर विधाराधीन अवस्थामा रहेका विधेयककै अध्यादेश ल्याएपछि विपक्षी दलले त्यसको विरोध गरिरहेका छन् । यसबारे संसद्मा कसरी उपस्थित हुने भन्ने रणनीति बैठकले तय गर्ने छ ।

    बैठकमा नेकपा माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी, एकीकृत समाजवादी, राष्ट्रिय जनमोर्चा, राष्ट्रिय प्रजातन्त्र पार्टीलगायतका प्रतिनिधि सहभागी छन् ।

     

    आजै दिउँसो १ बजे माओवादी केन्द्रले संसदीय दलको बैठक पनि बोलाएको छ ।

    सत्ता साझेदार दलहरुले पनि यसअघि नै संयुक्तरुपमा बैठक बसेर एकजुट भएर संसदमा प्रस्तुत हुने र अध्यादेशको पक्षमा उभिने निर्णय गरेका छन् ।

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij