२०८३, आश्विन २५ गते

Oct 11 2026

images
images

वन तथा वातावरणलाई नागरिकले सहजसंग उपयाेग गर्न सक्ने गरि नीतिगत समस्या समाधान हुने

वन तथा वातावरणलाई नागरिकले सहजसंग उपयाेग गर्न सक्ने गरि नीतिगत समस्या समाधान हुने

वन तथा वातावरणलाई नागरिकले सहजसंग उपयाेग गर्न सक्ने गरि नीतिगत समस्या समाधान हुने

वन तथा वातावरणलाई नागरिकले सहजसंग उपयाेग गर्न सक्ने गरि नीतिगत समस्या समाधान हुने

वन तथा वातावरणलाई नागरिकले सहजसंग उपयाेग गर्न सक्ने गरि नीतिगत समस्या समाधान हुने
लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
बिहिवार, माघ १७ २०८१
बिहिवार, माघ १७ २०८१
  • बासुदेव ढकाल -रामपुर पाल्पा । नेपाल सरकारका वन तथा वातावरण मन्त्री ऐन बहादुर शाही ठकुरीले वन तथा वातावरण संग सम्बन्धित नीतिगत समस्या समाधानका लागि पहल भैरहेको बताएका छन । वन संगै राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन संशोधनको क्रममा रहेको बताए ।

    पाल्पाकाे रामपुर नगरपालिका  रामपुर ८ खैरेनीमा नेपाल प्रेस युनियन पाल्पाले बुधबार आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रम बोल्दै वन ऐनमा रहेका केही समस्यले विकास निर्माणमा समेत समस्या भएको भन्दै ऐन संशोधनको प्रक्रिया अघि बढाएको बताए ।

    “वन ऐन अहिले हामी संशोधन गर्ने क्रममा छौं । राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन संशोधनको क्रममा छौं । वातावरण संरक्षण ऐन नियमावली बनाउँदै छौं ।” उनले भने ।

    देशमा विदेश बाट काठ आउने, स्वदेशी काठ जंगल मै सडेर जाने परिस्थिति रहेको भन्दै उनले वन ऐन संशोधनको माध्यम बाट स्वदेशी काठ सदुपयोग गर्ने, बाहिरको काठलाई निरुत्साहित गर्नको लागि आवश्यक कार्ययोजना बनाईरहेको स्पष्ट पारे ।

    जलवायु परिवर्तन बाट देशले भोग्नु परेको बताउँदै न्यूनिकरणका लागि प्रयास गर्दै आएको बताए । अहिले वन्यजन्तु र मानव विचको द्वन्द्ध चलिरहेको अवस्थामा समस्याको समाधानको लागि पहल भैरहेको बताए।

    गिद्ध संरक्षित क्षेत्र रामपुर–८, को खैरेनी वन स्थित जटायु पार्कमा भएको कार्यक्रममा लोपन्मुख अवस्थामा रहेको गिद्ध संरक्षण अभियानले संख्या क्रमश अघि बढ्दै जानु खुशीको कुरा भएको बताउनुभयो । उहाँले रामपुर जैविक, प्रकृतिक र धार्मिक हिसावले महत्वपूर्ण स्थान रहेको बताउँदै कालीगण्डकी डाईभर्सनको विषयमा स्थानीय राखेको चिन्तालाई मन्त्री परिषद्को बैठकमा कुरा राख्ने बताए ।

    जैविक विविधताको संरक्षणका लागि स्थानीय सरकार र प्रदेश संघ समन्वय गरेर आवश्यक काम अघि बढाउने बताए ।

    लुम्बिनी प्रदेश अर्थ, उद्योग तथा पर्यटन समितिका सभापति राजु प्रसाद श्रेष्ठले चरा संरक्षणको लागि वन ऐनमा स्पष्ट नीति नहुँदा आवश्यक कार्य गर्न समस्या परेको बताए । उनले लुम्बिनी प्रदेशले गिद्ध संरक्षणका लागि जगदिशपुर ताल र खैरेनी वनलाई लिएको जानकारी गराउदै उहाँले वन ऐनमा विशेष व्यवस्था गर्न आग्रह गरे ।

    रामपुर नगरपालिका प्रमुख रमण बहादुर थापाले वन बाट स्थानीय सरकारले प्राप्त गर्ने आयआर्जनका कुरा कानुन संग बाझिएको कारणले रोकिएको बताए। ६ प्रजातिको गिद्ध पाईने खैरेनी वनको प्रवद्र्धनका लागि नगरपालिका लागि परेको बताए ।

    प्रेस युनियनका उपसभापति हिस्कीको अध्यक्षतामा भएको कार्यक्रममा नेपाल प्रेस युनियनका केन्द्रिय उपाध्यक्ष माधव अर्यालले प्रकृतिका कुचीकार गिद्धको संरक्षणमा खैरेनी वनले महत्वपूर्ण स्थान दिएको बताए ।

    खैरेनी सामुदायिक वनका अध्यक्ष छायाँचन्द्र पंगेनीले वन क्षेत्रमा गिद्धहरुको लागि उपयुक्त बासस्थान रहेकाले खैरेनी वनमा गिद्धको संख्या बढ्दै गएको जानकारी गराए । उनले वनको अवस्था र समुहले गरेको कार्यको बारेमा जानकारी दिनुहुँदै वन भित्र अहिले ३४ वटा गुँडहरु रहेको बताए ।

    नेपाल प्रेस युनियन पाल्पा शाखाका उपसभापति दान बहादुर हिस्कीले लोपन्मुख गिद्धको बासस्थान रहेको खैरेनी वन जैविक, प्रकृति हिसावले महत्वपूर्ण स्थान रहेको बताउँदै यसको प्रचारप्रसार र सरोकारवालाको ध्यानाकर्षण गराउन जटायु पार्कमा पत्रकार सम्मेलन गरिएको जानकारी गराए ।

    प्रेस युनियन जिल्ला सदस्य प्रकाश ज्ञावलीको स्वागतबाट सुरूभएकाे कार्यक्रम सहसचिव इमान सिं रानाको सञ्चालनमा भएको थियाे ।

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij