काठमाडौं । चलचित्र ‘लाज शरणम्’को टिजर सार्वजनिक भएको छ । निर्माणपक्षले आज सार्वजनिक गरेको टिजरमा वैदेशिक रोजगारका लागि गएको छोरो कफिनमा फर्किएपछिको कथा छ ।
तर, यसमै ट्वीस्ट रहेको देख्न सकिन्छ । गरिबी र बरोजगारीको बाध्यतामा रहेका नागरिकको भविष्यसँग खेल्ने समाजको उपल्लो बर्गको रजगज टिजरमा देखिन्छ ।
टिजरमा सिनेमाका मुख्य कलाकार फिचर्ड छन् । क्यामेरा वर्क र लोकेसनले दर्शकको ध्यान खिच्छ । ‘लाज शरणम्’मा सिताराम कट्टेल (धुर्मुस)सँगै मुकुन्द श्रेष्ठ, महेश त्रिपाठी, विजय बराल, अपर्ण थापा, रेणू योगी, कमलमणि नेपाल, माला लिम्बू, ‘सक्किगोनि’ टिमका कलाकार अर्जुन घिमिरे (पाँडे), सागर लम्साल (बले), हरिष निरौला (क्रकोज), प्रियाना आचार्य (मुन्नी’लगायत कलाकार छन् ।
‘लाज शरणम्’ फागुन १४ गते महाशिवरात्रिको अवसरमा प्रदर्शन हुनेछ ।चलचित्रको निर्देशन कुमार कट्टेल ‘जिग्री ब्रो’ले गरेका हुन् ।
जेपिटी क्रियसनको ब्यानरमा निर्माण भएको सिनेमामा नवीन श्रेष्ठ निर्माता, राम नरेश शाह र सृजना खड्का सह–निर्माताको रूपमा रहेका छन् । सिनेमालाई सुदीप बरालले छायांकन गरेका हुन् ।




