२०८३, आश्विन २५ गते

Oct 11 2026

images
images

प्रचण्डले दिए सडक आन्दोलनको चेतावनी

प्रचण्डले दिए सडक आन्दोलनको चेतावनी

प्रचण्डले दिए सडक आन्दोलनको चेतावनी

प्रचण्डले दिए सडक आन्दोलनको चेतावनी

प्रचण्डले दिए सडक आन्दोलनको चेतावनी
लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
शनिवार, माघ १९ २०८१
शनिवार, माघ १९ २०८१
  • काठमाडौं । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विपक्षी दलले उठाएका विषयमा सरकार सकारात्मक नभए सडक आन्दोलन गर्ने चेतावनी दिएका छन् ।

    शनिबार चितवनको भरतपुरमा संयुक्त एम्बुलेन्स चालक संघ नेपाल (ट्रेड युनियन संघ)को सातौँ वार्षिकोत्सवमा उनले विपक्षीहरू एकताबद्ध भएर राष्ट्र र जनताका पक्षमा आवाज उठाएको उल्लेख गरे । सरकारले आफ्ना कुरालाई गम्भीर रूपमा नलिए सडक आन्दोलन गर्ने उनले चेतावनी दिए ।

    मुलुकको सुशासन, सामाजिक न्याय, आर्थिक अराजकताविरुद्ध आफू नेतृत्वको तत्कालीन सरकारले अभियान नै चलाएको उनले बताए । त्यसपछि सरकार छाड्नुपर्ने अवस्था पैदा भएको उनले जिकिर गरे ।

    उनले देशको राजनीति सहज रूपमा अघि बढ्न नसकेका कारण धेरै समस्या सिर्जना भएको बताए । आफ्नै पहलका कारण शान्ति प्रक्रियालाई निष्कर्षमा पुर्‍याउने कार्य अन्तिम चरणमा पुगेको उनको भनाइ थियो ।

    एम्बुलेन्सका क्षेत्रमा ‘सिन्डिकेट’ अन्त्य हुनुपर्नेसहितका संयुक्त एम्बुलेन्स चालक संघले राखेका १३ बुँदे मागप्रति आफू सकारात्मक रहेको भन्दै प्रचण्डले संसद् बैठकमा गम्भीर ढंगले यो विषय उठान गर्ने प्रतिबद्धता जनाए । 

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij