२०८३, आश्विन २५ गते

Oct 11 2026

images
images

‘समरजंग’ को नेतृत्वमा समाजवादी कम्युनिष्ट पार्टी गठन

‘समरजंग’ को नेतृत्वमा समाजवादी कम्युनिष्ट पार्टी गठन

‘समरजंग’ को नेतृत्वमा समाजवादी कम्युनिष्ट पार्टी गठन

‘समरजंग’ को नेतृत्वमा समाजवादी कम्युनिष्ट पार्टी गठन

‘समरजंग’ को नेतृत्वमा समाजवादी कम्युनिष्ट पार्टी गठन
लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
आइतवार, माघ २० २०८१
आइतवार, माघ २० २०८१
  • बुटवल । नेपालका कम्युनिष्ट पार्टीहरुले वैज्ञानिक समाजवादी क्रान्तिको बाटो छाडेको भन्दै समाजवादी कम्युनिष्ट पार्टी नेपाल गठन गरिएको छ। तत्कालिन विप्लव नेतृत्वको नेकपाबाट विभाजित भई मोहन वैद्य नेतृत्वको नेकपा क्रान्तिकारी माओवादीसँग एकता गरी पुन त्यहाँबाट विभाजित समूहले रुपन्देहीमा विशेष राष्ट्रिय सम्मेलन गरी समाजवादी कम्यूनिष्ट पार्टी गठन गर्ने निर्णय गरेका हुन्।

    सम्मेलनको निर्णय तथा पारित समयसामयिक प्रस्तावबारे शनिबार बुटवलमा पत्रकार सम्मेलन गरी पूर्णबहादुर सिंह ‘समरजंग’ महासचिवमा निर्वाचित भएको जानकारी दिइएको हो।

    सम्मेलनले मानध्वज श्रेष्ठ ‘रीम’लाई सल्लाहकार समितिको अध्यक्षमा निर्वाचित गरेको छ। वैज्ञानिक समाजवादी जनक्रान्तिको कार्यदिशा पारित गर्दै ५५ सदस्यीय केन्द्रीय समिति, स्थायी समिति, राजनीतिक ब्यूरो र ७७ सदस्यीय केन्द्रीय सांगठनिक परिषद निर्वाचित गरिएको महासचिव सिंहले बताए।

    उनले कम्युनिष्ट पार्टीका नाममा जनता र देश लुट्ने काम भएको बताउँदै आफूहरु उत्पीडित, श्रमजीवि जनताको पक्षमा काम गर्ने निष्कर्षका साथ समाजवादी कम्यूनिष्ट पार्टी निर्माणमा जुटेको बताए।

    उनले आफूहरु जनताको साथ लिएर समाजवादी राज्य निर्माणमा जुट्ने प्रतिबद्धता जनाए। महासचिव सिंहले आफूहरु २०५२ सालको माओवादी जनयुद्धबाट परिवर्तनका लागि लडेको तर, प्रचण्ड नेतृत्वको पार्टी दलाल संसदीय व्यवस्थामा डुबेकाले क्रान्तिका लागि आफूहरु अलग भएर हिँडेको बताए। उनले आफूहरु बलप्रयोग गर्ने गरी आन्दोलनमा होमिने समेत बताए।

    रुपन्देहीको देवदहमा माघ १६ देखि १९ गतेसम्म भएको बिशेष सम्मेलनले २५ बुँदे समसामयिक प्रस्ताव पारित गरेको छ। नेपाल सरकार र अमेरिकाबीच भएको मिलेनियम च्यालेञ्ज कर्पोरेशन (एमसीसी) परियोजना सम्झौता राष्ट्रिय स्वाधिनता प्रतिकुल भएकोले खारेजी, संसदीय व्यवस्थाको खारेजी, लालपूर्जा वितरणमा भइरहेको बेथिति अन्त्य, भ्रष्टचार, तस्करी, मिटरव्याजी, सहकारी ठगी लगायतका वित्तिय अपराध गर्नेहरुलाई कारवाहीको माग गरेको छ।

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij