२०८३, आश्विन २५ गते

Oct 11 2026

images
images

जसपा नेपालको बैठक जारी, आज यी एजेन्डामा छलफल

जसपा नेपालको बैठक जारी, आज यी एजेन्डामा छलफल

जसपा नेपालको बैठक जारी, आज यी एजेन्डामा छलफल

जसपा नेपालको बैठक जारी, आज यी एजेन्डामा छलफल

जसपा नेपालको बैठक जारी, आज यी एजेन्डामा छलफल
लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
आइतवार, माघ २० २०८१
आइतवार, माघ २० २०८१
  • काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालको केन्द्रीय कार्यकारिणी समितिको आज दोस्रो दिनको बैठक चल्दै छ । आजको बैठकमा अध्यक्ष उपेन्द्र यादवद्वारा प्रस्तुत एजेन्डामाथि छलफल हुने भएको छ । 

    आजको बैठकमा बाँकी केन्द्रीय कार्यकारिणी समिति सदस्यले अध्यक्ष उपेन्द्र यादवद्वारा प्रस्तुत एजेन्डामाथि आफ्नो धारणा राख्ने पार्टीका प्रचार विभाग प्रमुख पूर्ण बस्नेतले जानकारी दिएका छन् । 

    बैठकमा जसपा नेपालले गत भदौ महिनादेखि सञ्चालन गरेको ‘जनतासँग जसपा नेपाल, आधारभूत संगठन निर्माण अभियान’को समीक्षालाई मुख्य एजेन्डा बनाएको छ । 

    त्यस्तै, सरकारले ल्याएको अध्यादेश, मधेसकेन्द्रित दलबीचको मोर्चा, नो केबलकार आन्दोलनलगायत वर्तमान राजनीतिक परिस्थिति र पार्टीको संगठनात्मक कार्ययोजनालगायत एजेन्डामा बैठक केन्द्रित रहेको बस्नेतले बताए । 

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij