२०८३, आश्विन २५ गते

Oct 11 2026

images
images

एमाले दाङले गर्‍यो वडा अध्यक्ष शाहलाई कारबाही

एमाले दाङले गर्‍यो वडा अध्यक्ष शाहलाई कारबाही

एमाले दाङले गर्‍यो वडा अध्यक्ष शाहलाई कारबाही

एमाले दाङले गर्‍यो वडा अध्यक्ष शाहलाई कारबाही

एमाले दाङले गर्‍यो वडा अध्यक्ष शाहलाई कारबाही
लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
बिहिवार, माघ २४ २०८१
बिहिवार, माघ २४ २०८१
  • बुटवल । नेकपा एमाले दाङले घोराही उपमहानगरपालिका-८ का वडा अध्यक्ष जितेन्द्र शाहलाई कारबाही गरेको छ ।

    एमाले जिल्ला कमिटी दाङको बुधबार सम्पन्न  बैठकले २०७९ को आम निर्वाचनमा नेकपा एमालेको तर्फबाट निर्वाचित वडा अध्यक्ष शाहलाई साधारण सदस्य समेत नरहने गरी कारबाही गरिएको नेकपा एमाले दाङका प्रचार विभाग प्रमुख  संगीत बस्यालले जानकारी दिए । पार्टी विरोधी गतिविधि गरेकाले पार्टीबाट निष्कासन गर्ने निर्णय गरिएको उपाध्यक्ष मनोहर बुढाथोकीले बताए ।

    शाहमाथि फेसबुकमा एमाले र नेतृत्वविरूद्व जथाभाबी लेख्दै आएको आरोप छ । अब उनलाई वडाध्यक्षबाट बरखास्तका लागि पनि प्रक्रिया अघि बढाइने एमाले दाङले जनाएको छ ।

    एमाले दाङका अध्यक्ष शिवकुमार आचार्यको अध्यक्षता तथा एमाले पोलिटब्युरो सदस्य एव घोराही उपमहानगरका मेयर नरुलाल चौधरीको प्रमुख आतिथ्यतामा बसेको जिल्ला कमिटीको बहुमत सदस्यहरूको बैठकबाट शाहलाई कारबाही गर्ने निर्णय गरेको हो । 

    अब एमाले जिल्ला कमिटी बैठकको निर्णय पार्टी केन्द्रीय कार्यालयमा पठाएमा र पार्टीको केन्द्रीय कमिटीले निर्वाचन आयोगलाई पत्राचार गरेमा घोराही-८ को वडा अध्यक्ष पद रिक्त रहनेछ ।

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij