२०८३, आश्विन २५ गते

Oct 11 2026

images
images

‘हन्टर’को कुख्य पात्रको लुक्सले के भन्छ ?

‘हन्टर’को कुख्य पात्रको लुक्सले के भन्छ ?

‘हन्टर’को कुख्य पात्रको लुक्सले के भन्छ ?

‘हन्टर’को कुख्य पात्रको लुक्सले के भन्छ ?

‘हन्टर’को कुख्य पात्रको लुक्सले के भन्छ ?
लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
बिहिवार, माघ २४ २०८१
बिहिवार, माघ २४ २०८१
  • काठमाडौं । निर्माणको क्रममा रहेको चलचित्र ‘हन्टर’को मुख्य पात्रको क्यारेक्टर लुक्स सार्वजनिक गरिएको छ । चलचित्रका मुख्य पात्र अरुण क्षेत्रीको जन्मदिनको अवसर पारेर उनको क्यारेक्टर लुक्स सार्वजनिक भएको हो ।

    पोस्टरमा अरुण चिउँडोमा हात राखेर बसेका छन् । उनी तनावमा देखिएका छन् । उनको अनुहारमा रगत लतपतिएको छ । यसले चलचित्र एक्सनप्रधान रहेको र उनी एक्सन भूमिकामा रहेको यो पोस्टरले संकेत गर्छ । 

    चलचित्रमा अन्य कलाकार को–को रहनेछन् भन्ने हालसम्म निर्माणपक्षले सार्वजनिक गरेको छैन । ‘हन्टर’लाई जीवन सिंहले निर्देशन गर्दैछन् । क्याच कक इन्टरटेनमेन्ट प्रालिको प्रस्तुतिमा निर्माण हुने चलचित्रले सुदूरपश्चिमको कथा भन्ने प्रेस नोटमा उल्लेख छ । 

    चलचित्र हन्टर रियल पात्रको कथाबाट इन्स्पायर रहने निर्देशकले बताएका छन् । यद्यपि, चलचित्र सिनेम्याटिक लिवर्टी बनाउने उनको भनाइ छ ।

    “रियल पात्रको कथामा फिक्सन मिसाइनेछ । जसले सिनेमालाई रोचक र रमाइलो बनाउनेछ,” जीवनले भने ।ममता सिहं, राज ए भट्ट निर्माता रहेको चलचित्रमा मनीष चन्द र गोविन्द राज सहनिर्माता रहेका छन् । यस सिनेमाका कार्यकारी निर्माता रोयल भिमसेन रहेका छन् ।

    प्रि–प्रोडक्सनमा रहेको चलचित्रको छायांकन पश्चिम नेपालमा हुनेछ ।

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij