२०८३, आश्विन २५ गते

Oct 11 2026

images
images

रविलाई ५४ लाख धरौटीमा छाड्न चितवन अदालतको आदेश

रविलाई ५४ लाख धरौटीमा छाड्न चितवन अदालतको आदेश

रविलाई ५४ लाख धरौटीमा छाड्न चितवन अदालतको आदेश

रविलाई ५४ लाख धरौटीमा छाड्न चितवन अदालतको आदेश

रविलाई ५४ लाख धरौटीमा छाड्न चितवन अदालतको आदेश
लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
बिहिवार, माघ २४ २०८१
बिहिवार, माघ २४ २०८१
  • काठमाडौं । चितवन जिल्ला अदालतले रवि लामिछानेलाई ५४ लाख रुपैयाँ धरौटीमा छाड्न आदेश दिएको छ । बिहीबार सकिएको थुनछेक बहसपछि न्यायाधीश दयाराम ढकालको इजलासले लामिछानेलाई ५४ लाख रुपैयाँमा छाड्न आदेश दिएको हो ।

    "...तत्काल प्राप्त प्रमाणका आधारमा यी प्रतिवादी रवि लामिछानेको दाबीको कसुरमा संलग्नता नरहेको भनी अहिले नै भन्न सकिने अवस्थाको विद्यमानता नरहेकाले पछि मुद्दामा थप प्रमाण बुज्दै जाँदा ठहरेबमोजिम हुने गरी तत्काल निज प्रतिवादी रबि लामिछानेबाट मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ को दफा ६८ बमोजिम रु. ५४,००,०००।- (चौवन्न लाख रुपैयाँ) धरौट वा जमानत वा बैड्क जमानत लिनू," आदेशमा भनिएको छ ।

    यसअघि, लामिछाने १३ माघमा रूपन्देही जिल्ला अदालतको आदेशपछि एक करोड रुपैयाँ धरौटीमा रिहा भएका थिए ।लामिछाने पहिलोपटक गत कात्तिक २ गते पोखराको सूर्यदर्शन सहकारी ठगी प्रकरणमा काठमाडौंबाट पक्राउ परेका थिए । उनी २५ पुसमा कास्की जिल्ला अदालतबाट ६५ लाख रुपैयाँ धरौटीमा रिहा भएका थिए ।

    यस्तै, काठमाडौंको स्वर्णलक्ष्मी सहकारी ठगी मुद्दामा उनी ६० लाख रुपैयाँ धरौटीमा माघ २ गते रिहा भएका थिए ।

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij