बुटवल। नेकपा एमालेका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओली आज बुटवल आउदै छन। एसईई उत्तीर्ण विद्यार्थीहरुलाई सम्मान गर्न ओली बुटवल आउन लागेका हुन् ।
बुटवलको अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा रुपन्देहीका विद्यालयबाट २०८० सालको एसईई मा ३.६ जीपीए प्राप्त गर्न सफल एक हजार २८ विद्यार्थीलाई एकैठाउँ सहभागी गराएर पार्टी अध्यक्ष ओलीमार्फत सम्मानको कार्यक्रम तय गरिएको अनेरास्ववियु रुपन्देहीका अध्यक्ष भरत अर्यालले बताए ।
दिउँसो साढे १२ बजे हुने कार्यक्रममा एमाले अध्यक्ष ओलीले बालबालिकासँग अन्तरक्रिया पनि गर्ने छन् ।
एमाले रुपन्देहीका उपसचिव बाबुराम पन्थीले अध्यक्ष ओलीसँग बालबालिकाहरुको अन्तक्र्रिया हुने भएपछि विभिन्न विद्यालयका प्राचार्य, शिक्षक तथा बुद्धिजीवीहरुको पनि कार्यक्रममा सहभागिता रहने बताए ।
कार्यक्रममा अध्यक्ष ओलीसहित उपाध्यक्ष एवं रुपन्देही-२ का प्रतिनिधिसभा सदस्य विष्णु पौडेल, अनेरास्ववियुका अध्यक्ष समक बडाल समेत सहभागी हुनेछन् ।




