२०८३, आश्विन २५ गते

Oct 11 2026

images
images

अबको प्रधानमन्त्री शेखर कोइराला : सुजाता

अबको प्रधानमन्त्री शेखर कोइराला : सुजाता

अबको प्रधानमन्त्री शेखर कोइराला : सुजाता

अबको प्रधानमन्त्री शेखर कोइराला : सुजाता

अबको प्रधानमन्त्री शेखर कोइराला : सुजाता
लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
सोमवार, माघ २८ २०८१
सोमवार, माघ २८ २०८१
  • काठमाडौं । नेपाली कांग्रेसकी नेत्री सुजाता कोइरालाले अबको पार्टी सभापति र प्रधानमन्त्रीमा डा. शेखर कोइरालालाई प्रस्ताव गरेकी छन् । सोमबार जीपी फाउन्डेसन भक्तपुरको कार्यक्रममा उनले अब कांग्रेस सभापति र प्रधानमन्त्री दुवै डा. कोइराला हुने जिकिर गरेकी हुन् ।

    कांग्रेसलाई भूमिकाविहीन बनाइएको र देश विकासको श्रेय प्रधानमन्त्री केपी शर्मा ओलीलाई दिइएको भन्दै उनले यस्तो अवस्थामा पुर्‍याउने शेरबहादुर देउवालाई प्रधानमन्त्री र सभापति कुनै पनि पदमा अब स्वीकार नगर्ने उद्घोष गरिन् ।

    “कांग्रेसलाई यो अवस्थामा पुर्‍याउनेलाई अब कुनै पनि रूपमा अघि बढाउन सकिँदैन,” सुजाताले भनिन्, “अबको प्रधानमन्त्री शेखर कोइराला हो, अबको कांग्रेसको सभापति पनि डा. शेखर कोइराला नै हो ।”उनले फाउन्डेसन राजनीतिक फोरम नभए पनि आफूले यहीँबाट यस्तो घोषणा गरेको बताइन् ।

    देशमा प्रजातन्त्र कमजोर रहेको र कांग्रेस भूमिकाविहीन अवस्थामा देखिएको उनले टिप्पणी गरिन् । “देशमा प्रजातन्त्र एकदम कमजोर भएको छ । यो देश कांग्रेसले हाँकेको छैन, ओलीजीले लिड गरिराख्नुभएको छ । शेरबहादुरजी स्याडो (छाया)मा हुनुहुन्छ । उहाँ (देउवा) दिनभर केमा भुलिरहनुभएको छ मैले बुझ्न सकेको छैन,” उनले भनिन्, “विकास निर्माणका केही काम भइरहेका छन्, तर त्यसको श्रेय ओलीजीले एक्लै लिइराख्नुभएको छ ।”

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij