२०८३, आश्विन २५ गते

Oct 11 2026

images
images

निजामती सेवा विधेयकको दफा ५ पास, ११ वटा सेवा समूह रहने

निजामती सेवा विधेयकको दफा ५ पास, ११ वटा सेवा समूह रहने

निजामती सेवा विधेयकको दफा ५ पास, ११ वटा सेवा समूह रहने

निजामती सेवा विधेयकको दफा ५ पास, ११ वटा सेवा समूह रहने

निजामती सेवा विधेयकको दफा ५ पास, ११ वटा सेवा समूह रहने
लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
बुधवार, माघ ३० २०८१
बुधवार, माघ ३० २०८१
  • काठमाडौं । संघीय निजामती सेवामा ११ वटा सेवा समूह रहने भएको छ । हाल निजामती सेवामा १० वटा समूह छन् । नेपाल सूचना प्राविधि सेवा समूह थप गर्दै राज्य व्यवस्था तथा सुशासन समितिले प्रस्तावित विधेयकको दफा ५ पास गरेको हो ।

    सांसदहरूले संसद् सेवा र स्वास्थ्य सेवालाई समेत निजामती सेवाभित्र नै राख्नुपर्ने प्रस्ताव राखेका थिए । तर, प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय र कानुन न्याय तथा संसदीय मामिला मन्त्रालयले दुवै विशिष्टकृत सेवा रहेकोले छुट्टै एन अन्तर्गत राखिएको तर्क गरेका थिए ।

    संसद्को स्वायत्तता समेतलाई ख्याल गरेर संसद सेवा छुट्टै राखिएको तर्क गरे । त्यसपछि समिति सभापति रामहरि खतिवडाले स्वास्थ्य सेवा र संसद सेवाबारे पुनः छलफल गर्नेगरी दफा ५ पास सर्वसम्मत रुपमा पास भएको घोषणा गरे ।

    पास भएको दफा अनुसार निजामती सेवामा नेपाल प्रशासन सेवा, नेपाल लेखापरीक्षण सेवा, नेपाल वन सेवा, नेपाल विविध सेवा, नेपाल शिक्षा सेवा,नेपाल आर्थिक योजना तथा तथ्यांक सेवा रहनेछ ।

    नेपाल इन्जिनियरिङ सेवा, नेपाल कृषि सेवा, नेपाल न्याय सेवा र नेपाल परराष्ट्र सेवा पनि निजामती सेवा अन्तर्गत नै रहनेछ ।

    दफा १, ३ र ४ यसअघि नै समितिले पास गरिसकेको छ । प्रस्तावित विधेयकमा १४७ वटा दफा छन् । बुधबार समितिले एउटा दफा मात्रै पास गर्न सकेको हो ।

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij