२०८३, आश्विन २५ गते

Oct 11 2026

images
images

बुटवलको दीर्घकालीन विकासका विशेष योजना ल्याउन उपप्रधानमन्त्री सिंहको आग्रह

बुटवलको दीर्घकालीन विकासका विशेष योजना ल्याउन उपप्रधानमन्त्री सिंहको आग्रह

बुटवलको दीर्घकालीन विकासका विशेष योजना ल्याउन उपप्रधानमन्त्री सिंहको आग्रह

बुटवलको दीर्घकालीन विकासका विशेष योजना ल्याउन उपप्रधानमन्त्री सिंहको आग्रह

बुटवलको दीर्घकालीन विकासका विशेष योजना ल्याउन उपप्रधानमन्त्री सिंहको आग्रह
लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
शनिवार, फाल्गुण ३ २०८१
शनिवार, फाल्गुण ३ २०८१
  • बुटवल । उपप्रधान तथा शहरी विकासमन्त्री प्रकाशमान सिंहले राजीतिक स्थायित्व दिएर समृद्ध बनाउन अहिलेको गठबन्धन भएकाले कुनै सानो समस्याले यताउता नहुने बताएका छन् ।

    बुटवल उपमहानगरको स्थापना दिवसका अवसरमा शनिबार आयोजित कार्यक्रममा उनले नागरिकमा बढेको निराशा हटाउन र देशमा विकास र समृद्धि ल्याउन सरकारले काम गर्ने बताए ।

    prakashman-butwal.jpg

    ‘राजनीतिक स्थायित्वविना आर्थिक अवस्था सुदृढ बन्दैन र विकास निर्माणले पनि पूर्णता पाएको हुँदैन’, उनले भने, ‘राजनीतिक स्थायित्वका लागि अहिलेको सरकार बनेको हो, सदनमा सबैभन्दा ठूला दुई दल त्यसैका लागि मिलेका हुन् । यसैलाई आधार मानेर सरकारले काम गरिरहेको छ ।’

    सधैं अस्थिर सरकार बनेकाले समस्या परिरहेको सबैलाई थाहा भएको उपप्रधानमन्त्री सिंहको भनाइ छ ।

    ‘सरकार कति समयसम्म बस्छ कसैलाई ठेगान नहुने भनेर आवाज उठिरहेको थियो, यो गठबन्धनबाट बनेको सरकार कसैलाई कुर्सीमा जानमात्रै बनेको होइन, देशको चाहनाअनुसार जनताको चाहना पूरा गर्न बनेको हो, यो कसैका कारण समस्यामा पर्दैन’, उनले भने, ‘अब संघीयताको मर्मअनुसार तीनै तहका सरकारलाई बलियो बनाएर सरकार अघि बढेको छ । विस्तारै बढेका निराशाहरु कम भइरहेका छन् ।’

    उपप्रधानमन्त्री सिंहले बुटवलको दीर्घकालीन विकासका विशेष योजना ल्याउन आग्रह गरे ।

    FB_IMG_1739639257208.jpg

    ‘बुद्धको जन्मभूमि भएको क्षेत्र हो, यहाँ पर्यटन क्षेत्रबाटै समृद्धि ल्याउन सकिन्छ, यसमैमा योजना बनाउनस्, नागरिकलाई सुविधामै विशेष ध्यान दिइयोस्’, उनले भने, ‘बुटवल उपमहानगर त्यसै बनेको होइन, अब नयाँ ढंगले काम गर्ने योजना बनाउनुस् ।’

    उपप्रधानमन्त्री सिंहले बुटवललाई महानगरतर्फ लैजाने क्राइटेरिया पुग्दै गएकाले त्यसमा ध्यान दिन आग्रह गरे ।

    कार्यक्रममा वोल्दै लुम्बिनी प्रदेश सभा सदस्य भोज प्रसाद श्रेष्ठले बुटवल बिकासमा आफुहरु र प्रदेश सरकार साथसार्ह रहेको उल्लेख गरे।

    कार्यक्रममा बुटवल उपमहानगरपालिका नगरप्रमुख खेलराज पाण्डेयले बुटवल अहिले आफै बुटवल बनेको नभई अग्रजहरुको योगदानको देन रहेको बताउदै आफुहरुले बस्नयोग्य शहरको रुपमा विकास गरिरहेको बताए। 

    उपप्रमुख साबित्रादेबी अर्यालले बुटवल उपमहानगरपालिकाले नया जनप्रतिनिधिहरु निर्वाचित भएर आएपछि भए गरेका कामहरुको बारेमा जानकारी गराएकी थिइन। 

    कार्यक्रममा तिनाउ गाउँपालिका अध्यक्ष प्रेम श्रेष्ठ, बुटवलका पूर्व नगरप्रमुख शिवराज सुवेदी, बुटवल उद्योग बाणिज्य संघका अध्यक्ष हरि अर्याल, नेपाल पत्रकार महासंघ रुपन्देहीका अध्यक्ष दिनेश पाण्डेलगायतले बोलेका थिए। 

    सो अवसरमा २० जना पत्रकार सहित २ सय जना विभिन्न सामाजिक कार्यगर्दै आएका ब्यक्ती तथा सस्था लाई सम्मान समेत गरिएको थियो। 

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij