२०८३, आश्विन २५ गते

Oct 11 2026

images
images

ऊर्जा उद्यमीलाई दुःख दिने काम बन्द हुनुपर्छ : देउवा

ऊर्जा उद्यमीलाई दुःख दिने काम बन्द हुनुपर्छ : देउवा

ऊर्जा उद्यमीलाई दुःख दिने काम बन्द हुनुपर्छ : देउवा

ऊर्जा उद्यमीलाई दुःख दिने काम बन्द हुनुपर्छ : देउवा

ऊर्जा उद्यमीलाई दुःख दिने काम बन्द हुनुपर्छ : देउवा
लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
आइतवार, फाल्गुण ४ २०८१
आइतवार, फाल्गुण ४ २०८१

  • काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले ऊर्जा उद्यमीलाई दुःख दिने काम बन्द हुनुपर्ने बताएका छन् । 

    आइतबार देउवा निवास बूढानीलकण्ठमा स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान)का पदाधिकारीसँगको भेटमा उनले वनका कारण जलविद्युत् मात्रै नभएर अरू पनि विकास निर्माणको कार्यमा अवरोध आइरहेको बताए ।


    भेटमा इप्पानका अध्यक्ष गणेश कार्कीले १५ खर्ब रुपैयाँ लगानी भइसकेको र ६५ लाख सर्वसाधारण लगानीकर्ताले लगानी गरिसकेको क्षेत्रलाई सबैतिरबाट प्रहार भइरहेको भन्दै देउवाको ध्यानाकर्षण गराए ।

    विशेषगरी कार्कीले कार्यपालिकाले अध्यादेश ल्याएर संसद्बाट अनुमोदन गराइसकेको विषयलाई अदालतबाट खारेज गरिदिँदा यसले ४५ हजार मेगावाटबराबरका जलविद्युत् आयोजना प्रभावित भएको, लेखा समितिले अधिकार क्षेत्रभन्दा बाहिर गएर नेपाल धितोपत्र बोर्डलाई निर्देशन दिँदा ७४ वटा कम्पनीको सार्वजनिक निष्कासन रोकिएको र विद्युत् ऐन २०४९ मा ५० वर्ष दिइएको जलविद्युत् आयोजनाको अनुमतिपत्रको अवधि प्रस्तावित विद्युत् विधेयकमा ३५ वर्ष मात्र राखिएकाले यसलाई सच्याउने विषयमा देउवाको पहलकदमी आवश्यक रहेको बताएका थिए ।

    संरक्षित क्षेत्रमा पूर्वाधार निर्माणमा रोक लगाउने गरी आएको सर्वोच्चको आदेशले नेपालमा विकास निर्माणका सबै काम ठप्प हुने भन्दै कार्कीले बेलायत, अमेरिकालगायत देशमा पनि यस्तो समस्या आएपछि जलविद्युत्लाई लागु नहुने भनेर फैसला भएका उदाहरण देउवालाई स्मरण गराए ।

    इप्पानका महासचिव बलराम खतिवडाले ६५ लाख सर्वसाधारण र प्रवर्द्धकका साथै बैंक तथा वित्तीय संस्थाबाट समेत गरी १५ खर्ब रुपैयाँभन्दा बढी लगानी भइसकेको क्षेत्रलाई चलाउँदा यसले अर्थतन्त्रमै समस्या ल्याउन सक्ने बताए । 

    उनले ४२ वटा कम्पनीको आईपीओ र ४१ वटा कम्पनीको एफपीओ गरी ५६ अर्ब रुपैयाँबराबरको सार्वजनिक निष्कासन रोकिएकाले यो विषय फुकाउनका लागि पनि निर्देशन गरिदिन देउवासँग आग्रह गरे । 

    इप्पान कार्यसमिति सदस्य भरत पराजुलीले अदालतबाट संरक्षित क्षेत्रमा पूर्वाधार निर्माण गर्नै नपाउने आदेश हुन्छ भने कार्यपालिकाले ऐन संसोधन गरेर जलविद्युत् आयोजना र केबलकार निर्माण हुने क्षेत्रमा राष्ट्रिय निकुञ्ज ऐन लागु हुने छैन भनेर कानुन बनाउनुपर्ने बताए ।

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij